प्रधानमन्त्रीले अरिंगाल बन्न निर्देशन दिएपछि … – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

प्रधानमन्त्रीले अरिंगाल बन्न निर्देशन दिएपछि …

काठमाडौं । सरकारको क्रियाकलाप र गतिविधिप्रति आमनागरिक र जनता आन्दोलित भएका बेला सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै अरिंगाल झैं जाइलाग्न निर्देशन दिएपछि यसको सर्बत्र बिरोध हुन थालेको छ ।

प्रधानमन्त्री ओलीको असहिष्णु र अस्वभाविक अभिव्यक्तिबाट आमनागरिक त्रसित समेत बनेका छन् । सरकार र सरकारमा बस्नेले गरेका गल्ती कमिकमजोरी सच्याउनुको साटो उनले उल्टै सरकारविरुद्धका प्रहार गर्नेको प्रतिकार गर्न उर्दी दिएर आलोचना झन बटुलेका छन् ।

पार्र्टीका नेता तथा कार्यकर्तालाई तत्कालीन माओवादी नेता पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा निर्देशन दिँदै उनले ओलीले सरकारको काम कारबाहीको आलोचना हुँदा चुप लागेर बसेको भन्दै कार्यकर्तामाथि नै ओलोचना गरेका हुन् ।
ओलीले सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि प्रतिवाद नगरेकोमा पार्टीका नेता–कार्यकर्ताप्रति आक्रोश पोख्दै अब अरिंगाल जस्तै एकजुट भएर प्रतिवाद गर्न भनेका हुन् ।

‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन?”, ओलीले भने ‘अब त्यो हामीले हेर्नुपर्ने भएको छ, एउटा अरिंगाललाई मार्दा त्यसलाई मार्यो ठिकै छ, अर्कोलाई हमला गर्यो ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद नगर्ने ?’

प्रधानमन्त्री ओलीले आफ्नै देशका नागरिक आन्दोलित भएको नदेखेर देशी विदेशी प्रतिक्रियावादीले पार्टी र सरकारविरुद्ध निरन्तर हमला गरिरहेको आरोप लगाए । उनकै पार्टीभित्र पनि आन्दोलन र असन्तुष्टी भएको कुरा ढाकछोप गर्दै आलोचकमाथि खनिएर आफ्नो असन्तुष्टी प्रकट गरेका छन् ।

कञ्चनपुरकी १३ बर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना लगायतका बिषयमा आम नागगरिकले आवाज उठाउन सडक आन्दोलन गरी सरकारलाई दबाब दिँदा प्रधानमन्त्री ओलीले दिएको यस्तो अभिव्यक्तिले नागरिक आन्दोलनलाई बेवास्ता गर्दा कतै पद र शक्तिको दुरूपयोग गरी दबाउने उदेश्य प्रधानमन्त्रीको रहेको त होइन ?

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ आश्विन १, ०८: ३९

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन १, ०८: ३९

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ आश्विन १, ०८: ३९

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...