काठमाडौं । नेपाली कांग्रेसका विशेष आमन्त्रित केन्द्रीय सदस्य तथा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टीमा २५ प्रतिशत भागबण्डा खोजेका छन् । २९ कात्तिक २०७४ मा नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गरेका गच्छदारले उनको पार्टीलाई कांग्रेसमा बिलय गरेका थिए । उनले पार्टी एकता गर्दा भएको सहमति र गत बैशाखमा भएको पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय कार्यान्वयन गर्न सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्य समितिको बिहीबार बस्ने भनिएको बैठक नवसेपछि केन्द्रीय कार्यालयमा सभापति देउवालाई संवोधन गर्दै एउटा निवेदन गच्छदारले दिएका छन् । गच्छदारले निवेदनमा सहमति कार्यान्वयन गर्न कर्मचारी, भातृ संस्था, केन्द्रीय कार्य समिति, जिल्ला समति, क्षेत्रिय र स्थानीय तहको हरेक समितिमा २५ प्रतिशत भाग चाहिने बताएका छन् ।
गच्छदारले पार्टीका ६३ जिल्ला कार्य समितिमा जिल्ला कार्य समिति, क्षेत्रिय कार्य समिति, नगर इमाई समिति, गाउँ इकाई र वार्ड इकाई समिति प्रत्येकमा २५ प्रतिशत भाग फोरम लोकतान्त्रिकबाट आएकालाई दिनु पर्ने माग गरेका हुन् ।
उनले आफ्ना २० हजार कार्यकर्तालाई क्रियाशिल सदस्यता दिन, हरेक सांगठनिक इकाईमा कम्तीमा १० जनालाई समायोजन गर्नु पर्ने माग गरेका छन् । ७ सय जना लोकतान्त्रिक फोरमका पुराना कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि, तीन सय जनालाई महासमिति सदस्य दिन तथा नयाँ बन्ने प्रदेश कार्य समितिमा प्रत्येक प्रदेशमा ७ जना राख्न र केन्द्रीय हरेक बिभागमा ३ जनालाई राख्नु पर्ने प्रस्ताव गरेका छन् ।
गच्छदारले कांग्रेस केन्द्रीय कार्य समितिमा भने १५ देखि २० जनलाई समावेस गर्न आग्रह गरेका छन् । गच्छदारले मागे जति भाग दिन नहुने भन्दै सभापति देउवालाई उपसभापति बिमलेन्द्र निधिले दबाब दिइरहेका छन् । उनले गच्छदारको जस्तै अन्य पार्टी र पार्टीका नेता पनि कांग्रेसमा आएकाले उनीहरु सबैलाई सदस्यता दिनु पर्ने, पार्टीका बिभिन्न तहमा समायोजन गर्नु पर्ने बताउँदै आएका छन् ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...