काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोँचमै वादल लागेको कडा टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको शनिबारका बैठकको शून्य समय (जुन एक मिनेटको हुन्छ) मा थापाले गृहमन्त्री थापामाथि थुप्रै बिषयमाथि प्रहार गरेका छन् । उनले जल्दा बल्दा र समसामयिक बिषयमा पार्टी र आफ्नो भनाई ५२ सेकेन्डभित्रै टुंग्याएर गृहमन्त्री थापाको सोंच र क्षमता दुबैमा वादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र सभामुखज्यू ? भनी प्रश्न गरेका थिए ।
गृहमन्त्री थापाले ठूलो माछा पक्रिन नसक्दा आफूहरु नबोलेको, कामचोर व्यवसायीलाई कानूनै नबनाई पक्रिएर आफै छोड्दा चुप बसेको, डा. भोजराज अधिकारीलाई ट्रमा सेन्टरबाट उठाएर गृहमन्त्रालयमा राख्दा नबोलेर प्रतिपक्षीले सहयोग गरेको दाबी गरे ।
थापाले युद्ध वा शान्ति दुबैको नियमसँग नमिल्ने गरी आफ्नो हिरासतमा राममनोहर यादव मारिँदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्रले जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्रै होइन रहेछ सोचमै बादल लागेको रहेछ भनी टिप्पणी गरे । उनले सभामूख कृष्णबहादुर महरालाई संवोधन गर्दै भनका थिए, ‘सभामुख महोदय सोंच र क्षमता दुबैमा वादल लागेको गृहमन्त्री अब हामीलाई चाहिन्छ र ?
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...