कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरिएको ५७ दिन बितिसकेको छ । तर प्रहरी प्रशासनले दोषी पत्ता लगाउन सकेको छैन् । निर्मलाकी आमा–बुबा यतिखेर काठमाडौं आएका छन् र छोरीको हत्यारा पत्ता लगाई दिन हारगुहार गर्दै सडकमा भौतारिदै हिँडिरहेका छन् । कञ्चनपुर वासी आन्दोलित छदैछन् ।
बालत्कारपछि हत्या समेत भएको भन्दै कञ्चनपुर वासीले गरेको आन्दोलनमा प्रहरीको बर्बरतापूर्ण गोली प्रहारले एकजना युवाको गोली लागी मृत्यु समेत भएको छ भने अन्य बीस जना घाइते भएका छन् । दुई जनाको अवस्था अहिले पनि चिन्ताजनक छ । तर प्रहरीले भने दोषी पत्ता लगाउन सकिरहेको छैन । कुनैपनि अपराधिक घटनाको छानविन गर्ने, अनुसन्धान गर्ने जिम्मा पाएको नेपाल प्रहरी ५७ दिन बितिसक्दा पनि घटनाको तथ्यसत्य सार्वजनिक गर्ने कार्यमा निकै पछि परिरहेको छ ।
निर्मला पन्त हराएकै दिन बलात्कार गरी हत्या समेत गरिएको थियो । निज बालिकाको रहस्यमय तरिकाले हत्या भएको र दोषी प्रमाण नष्ट गर्न कञ्चनपुरको प्रहरी प्रशासननै लागि परेको दृश्यले कतै रक्षक नै भक्षक भएको त होइन ? पिडितलाई समयमा न्याय दिन नसक्नु पनि अन्याय हो । त्यसैले कञ्चनपुर प्रहरी प्रशासक विष्टलाई मात्र निलम्बन गरेर सिंगो प्रहरी उम्कन सक्दैन । सिंगो प्रहरीको शाख जोगाउन पनि त्यस्ता भक्षकहरुलाई कारवाही गरी छवि संग्लो पार्न जरुरी छ ।
उक्त घटनामा हत्याराको ढाकछोप गर्ने अन्य प्रहरी समेत अनुसन्धानको दायरामा किन नल्याउने ? उनको साउन १० गतेको बलात्कारपछि हत्या भएको धेरै प्रमाणहरु सार्वजनिक भईसक्दा पनि प्रहरी प्रशासनले सार्वजनिक भएका दृश्यका आधारमा अपराधीहरुलाई पक्रन सकेको छैन् । सामाजिक सञ्जाल र फेसबुकमा दुई अक्षर लेखेको आधारमा सर्वसाधारणदेखि पत्रकारलाई झूठा मुद्दा लगाएर घरघरबाट थुतेर जेल हाल्न सक्ने प्रहरी आज १३ वर्षिया बालिकालाई बलात्कार गरेर हत्या गरिएको दुई महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु भनेको प्रहरी प्रशासनको अनुसन्धान कति फितलो छ भन्ने कुरा ज्वलन्त उदाहरणको हो ।
कञ्चनपुरको निर्मला पन्तको घटनाले गर्दा सर्वसाधारण जनताका छोरीहरु कति सुरक्षित छन् भन्ने अनुमान लगाउन सकिन्छ । दिनदिनै बलात्कारको घटनाहरु बढी रहेका छन् । तर सरकार भने कानमा तेल हालेर बसेको जस्तो आभास भएको छ । कञ्चनपुर घटना लगायत अन्य अपराधिक घटनाहरुको समयमै छानविन नहुँदा अपराध गतिविधि झन्झन बढ्दै गएको छ ।
गएको बुधबार पनि अन्नपूर्ण गाउँपालिकामा तीन जना किशोरीहरुलाई बाटो हिँड्दाहिँडदै बलात्कार भएको छ । कहिकतै पनि युवतीहरु सुरक्षित नभएको कारण आमा–बुबाहरुको रुवावासी सुरु भएको छ । बिहान स्कूल गएका आफ्ना नानीहरु बेलुका घर आउन्जेलसम्म आमा–बाबुहरुको मनमा अनेका खालका पिडामा तड्पिन वाध्य छन् ।
यसरी दैनिक रुपमा बढ्दै गएको बलात्कार तथा हत्या रोक्न सरकारको निकायहरु असफल हुँदा सर्वसाधारण समेत निकै चिन्तित छन् । सरकारले कुनै न कुनै उपायबाट यस्ता अपराधीक गतिविधि हुन नदिन प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी प्रमुखकको विशेष किसिमको समन्वयात्मक भूमिका रहनु पर्दछ । तिन निकायबीच असमझदारी नहुँदा त्यस्ता गविधिले प्रश्रय पाउँछ । तुरुन्त समन्वयकारी भूमिका खेलेर जतिसक्दो चाँडो कञ्चनपुर घटनाको सत्यतथ्य जनसमक्ष ल्याउन सकेमा मात्र वर्तमान सरकारमाथि जनताको विश्वास बढ्ने छ ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...