निर्मला हत्याका दोषी पत्ता लगाउन महिलाहरुको विरोध ¥याली – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

निर्मला हत्याका दोषी पत्ता लगाउन महिलाहरुको विरोध ¥याली

काठमाडौं । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै हिजो आइतबार देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको भन्दै विरोध ¥यालीसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल महिला संघकी सभापति उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाएकी छिन् ।

त्यसैले यो घट्नालाई सरकारले यतिकै डिसमिस हुने खतरा बढेकोले हामीले आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा व्यतिथिका विरुद्ध विरोध ¥याली गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारीमार्पmत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल महिला संघले देशमा दिनादिनु बढ्दै गैरहेको अशान्ति, सुरक्षाको हनन् र मानव अधिकारको हनन्को विषयलाई लिएर वर्तमान सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आईरहेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डपछि देशमा हरेक दिन कुनै न कुनै बहानामा महिलामाथि बलात्कार, हत्याहिंसा, अराजकता, दण्डहिनता र आकाशिंदो मुल्यवृद्धिको कारण आम नेपालीको जनजीवन कष्टकर बन्न पुगेको भन्दै नेपाल महिला संघले ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाएको हो । नेपाल महिला संघले विभिन्न नारासहित काठमाडौंको माइतीघर मण्डलाबाट विरोध ¥यालीसहित प्रदर्शन गरेको थियो ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ आश्विन ८, १०: २१

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन ८, १०: २१

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ आश्विन ८, १०: २१

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...