कालोबजारी नियन्त्रण गर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कालोबजारी नियन्त्रण गर

नेपालीहरुको महान् चाडपर्व जति नजिकिँदै छ, त्यति नै सडक शहरहरुमा मानिसहरुको भिड बढ्न थालेको छ । नजिकिँदै आएका दशै, तिहार, छठ पर्व, नेपाल सम्वत् जस्ता चाडपर्वहरुमा सँधै बजार भाउ आकासिदै जाने हुँदा वर्तमान सरकारले मूल्य नियन्त्रण गर्न नसक्नु भनेको वर्तमान सरकार माथि नै प्रश्न चिन्ह खडा हुनु हो ।

मूल्य वृद्धिको मारमा नेपाली जनतालाई उन्मुक्ति दिने काम पहिलो सरकारको हो । दशै, तिहार लगायत चाडपर्वहरुमा सर्वसाधारणहरुले खाद्यान्न, लत्ताकपडा लगायत अन्य अत्यावश्यक सामाग्रीहरु खरिद गर्नेहरुको बजारमा घुईंचो लागिरहेको छ । साना खुद्रे पसलदेखि ठुलाठुला महलमा खोलिएका पसलहरुमा दरभाउ आकास जमिनको फरक देखिएको छ । अत्यन्तै खर्चिलो रुपमा उपभोक्ताहरुले खरिद गरिने चिनिको भाउ समेत पसलै पिच्छे फरक–फरक छ ।

साल्ट टे«डिङ कर्पोरेसन बाहेक अन्य पसलहरुमा नुन, तेल, चिनी, दाल, गेडागुडी चामल लगायतका सामाग्रीहरुको दरभाउ पसलै पिच्छे फरक देखिएता पनि सरकारको अनुगमन गर्ने निकाय टुलुटुलु हेरिरहेको अवस्था छ । आपुर्ति मन्त्रीले सिंहदरबारमा बसेर भाषण गरेजस्तो बजार नियन्त्रण छैन । हचुवाको भरमा मन्त्रीहरुले बोल्नु त्यति सुहाउने कुरा होईन । सरकारले नियन्त्रण गर्ने भनेको विशेषगरी खाद्यान्नका सामाग्रीहरुमा हो । तर अहिले एउटै सामाग्रीको मूल्य सपिङ्ग सेन्टरदेखि खाद्यान्न स्टोरहरुमा फरक–फरक अवस्थामा उपभोक्ताहरुले खरिद गरिरहेका छन् ।

सोझा साझा जनताले कहाँ गएर उजुर गर्ने ? आफुलाई परेको पिरमर्का कसलाई भन्ने ? इन्धनको भाउ महिनै पिच्छे बढाउँदा सर्वसाधारणहरु मर्कामा परिरहेका छन् । अहिले सार्वजनिक यातायातको सवारी साधनको भाडा वृद्धि गर्ने भनेर सरकारले नै भनिरहेको छ ।

यसको मतलव सरकारनै मूल्यवृद्धि गर्न खोजिरहेको त छैन ? । यदि मूल्य वृद्धिको विपक्षमा छ भने आयल निगम भित्र रहेको चुहावटलाई रोकेर सरकारले इन्धनको मूल्य नियन्त्रण गर्न सक्थ्यो । आयल निगमले पटक–पटक इन्धनको मूल्य वृद्धि गरिररहेको छ । तर सरकारका मन्त्रीहरुले उल्टो आयल निगमको बचाउका लागि बोलिरहेको छन् । यही मौका छोपेर सार्वजनिक यातायातका सवारी धनीहरुले भाडा वृद्धि गर्न भन्दै आन्दोलन पश्चात सरकारले दश प्रतिशत भाडा समेत वृद्धि गरिसकेको छ ।

यसरी बहुमतको सरकारले जनताका आवाजहरुलाई लत्याउँदै गएको अवस्थामा कालोबजारी गर्नेहरुले बजारमा कृत्रिम अभाव फैल्याउने, कालोबजारी गर्ने र मूल्यवृद्धिलाई जबरजस्ती लाद्न खोज्ने काम तत्काल सरकारले बन्द गर्न सक्नुपर्दछ । त्यसपछि मात्र दुई तिहाईको सरकारको प्रशंसा गर्नेछन् जनताले । त्यसैले आवाजविहीनहरुको आवाजलाई प्रभावकारी बनाउन सबै तह र तप्काबाट सरकारलाई घच्घच्याउन आवश्यक छ ।

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७५ आश्विन २२, ११: ०७

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ आश्विन २२, ११: ०७

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ आश्विन २२, ११: ०७

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...