
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो पटक गरेको जिन सिक्वेन्सिङमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट भएको पुष्टि गरेको छ । मन्त्रालयले २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गरेकोमा सबै नमुना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता काैशल मिश्राले विज्ञप्ति जारी गर्दै एस जिन नेगेटिभ आएका मध्यमा २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको बताएकी छिन् ।
जारी पेस विज्ञप्तिमा ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ । त्यस्तै विज्ञप्तिमा अस्पतालहरुलाई उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
त्यस्तै विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्यांकहरुलाई आधार मान्ने हो भने नेपालमा पनि इmष्अचयल को कारणले अत्यधिक मात्रामा कोभिड–१९ का केशहरु बढ्न सक्ने सम्भावना रहेकोले सबैले थप सजगता अपनाउन पनि उल्लेख गरिएको छ ।
यस्ताे छ विज्ञप्ति…

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...