जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या वृद्धी – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या वृद्धी


जुम्ला । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । जिल्ला मालपोत कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको जानकारी दिएको हो ।

मालपोत कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको बताए । उनले जुम्ला जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको बताए ।

त्यस्तै मालपोत कार्यालयले नगरभित्रका महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिका भित्रका महिलाको नाममा जग्गा दर्ता भएमा राजस्वमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको रोकायाले बताए ।

जुम्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म रु ९९ लाख ९६ हजार ५६१ राजस्व सङ्कलन गरेको छ । जसमा जग्गा रजिस्ट्रेसनतर्फ रु ६७ लाख ९० हजार ३१२, पूँजीगत लाभकरतर्फ रु ३१ लाख १८ हजार ८८३ र विविधतर्फ रु ८७ हजार ३६६ राजस्व संकलन गरेको हो।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७८ पुष २७, १४: ५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७८ पुष २७, १४: ५२

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७८ पुष २७, १४: ५२

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...