
धनगढी । माघी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघ १ गते संघीय सरकारले सार्वजनिक विदा दिएको र माघ २ गते माघीको अवसरमा प्रदेश सरकारले विदा दिएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडमा बसोबास गर्ने समुदायहरुले माघ १ गतेलाई मकर संक्रान्ति पर्व र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गर्दछन्।
माघी पर्वका अवसरमा सुदुरपश्चिम प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले बताइन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...