
काठमाडौं ।सोमबार थप १० हजार ३१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल २१ ह्जार २०१ नमुना परीक्षणमध्यबाट १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोही अवधिका कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप २ हजार ५४० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल मुलुकभर कूल ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।
उपत्यकामा कोरोनाका अवस्था
आज थपिएका कूल कोरोना संक्रमितमध्य ४ हजार ६७६ जना संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । उपत्यकाका तीन जिल्लाहरु मध्य भुक्तपुरमा ४५५ जना, ललितपुरमा ५८७ र काठमाडौमा ३ हजार ६३४ जना संक्रमित रहेका छन् ।
त्यस्तै, कोरोना संक्रमण कम गर्न उपत्यकामा सरकारले सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेपनि कोरोना संक्रमण दरमा कमी नआएको सर्वसाधारणको भनाइ रहेको छ ।
यस्ताे छ मन्त्रालयकाे तथ्याकं


काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...