काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित “नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद” नामक पुस्तकको एक समारोहकाबीच हालै लोकार्पण भएको छ ।
प्रथम पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा काँग्रेसका नेता एवम् राजनैतिक विश्लेषक प्रदीप गिरी, काँग्रेसका नेता एवम् आर्थिक विश्लेषक डा. रामसरण महत, बौद्धिक व्यक्तित्व लोकराज बराल, वरिष्ठ पत्रकार धमेन्द्र झा. लगायतले उक्त पुस्तकको बारेमा समिक्षा तथा वहस गरेका थिए ।
लेखक वरिष्ठ नेता रामचन्द पौडेलले यो पुस्तक लोकार्पण कार्यक्रम मात्र नभएर यो वहसको थालनी हो भन्दै वर्तमान अवस्थामा कम्युनिष्टहरुको समाजवाद नक्कली भएको र काँग्रेसको समाजवाद वी.पी. आदर्शमार्ग भएकोले पुस्तक प्रकाशनमा ल्याएको बताए । वरिष्ठ समालोचक एवम् काँग्रेस नेता प्रदिप गिरीले त सम्बोधन कै क्रममा प्रकाशन प्रा.लिका अध्यक्षलाई भाषणमै तपाई कहिलेदेखी काँग्रेस हुनुभयो, तपाईलाई त म काँग्रेस नै मान्दिन भन्दै पौडेलले ३० वर्षपछि पुस्तक किन प्रकाशन गर्नुभयो भनेर आश्चर्य व्यक्त गरे ।
जनता प्रसारण तथा प्रकाशन लिद्वारा प्रकाशित उक्त पुस्तक छपाईमा निकै त्रुटीपूर्ण रहेको हुँदा आम पाठकले प्रकाशन प्रा.लिलाई कार्यक्रम स्थलमै गालीगलौज समेत गरे ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...