काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित “नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद” नामक पुस्तकको एक समारोहकाबीच हालै लोकार्पण भएको छ ।
प्रथम पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा काँग्रेसका नेता एवम् राजनैतिक विश्लेषक प्रदीप गिरी, काँग्रेसका नेता एवम् आर्थिक विश्लेषक डा. रामसरण महत, बौद्धिक व्यक्तित्व लोकराज बराल, वरिष्ठ पत्रकार धमेन्द्र झा. लगायतले उक्त पुस्तकको बारेमा समिक्षा तथा वहस गरेका थिए ।
लेखक वरिष्ठ नेता रामचन्द पौडेलले यो पुस्तक लोकार्पण कार्यक्रम मात्र नभएर यो वहसको थालनी हो भन्दै वर्तमान अवस्थामा कम्युनिष्टहरुको समाजवाद नक्कली भएको र काँग्रेसको समाजवाद वी.पी. आदर्शमार्ग भएकोले पुस्तक प्रकाशनमा ल्याएको बताए । वरिष्ठ समालोचक एवम् काँग्रेस नेता प्रदिप गिरीले त सम्बोधन कै क्रममा प्रकाशन प्रा.लिका अध्यक्षलाई भाषणमै तपाई कहिलेदेखी काँग्रेस हुनुभयो, तपाईलाई त म काँग्रेस नै मान्दिन भन्दै पौडेलले ३० वर्षपछि पुस्तक किन प्रकाशन गर्नुभयो भनेर आश्चर्य व्यक्त गरे ।
जनता प्रसारण तथा प्रकाशन लिद्वारा प्रकाशित उक्त पुस्तक छपाईमा निकै त्रुटीपूर्ण रहेको हुँदा आम पाठकले प्रकाशन प्रा.लिलाई कार्यक्रम स्थलमै गालीगलौज समेत गरे ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...