उत्तर कोरियाले फेरी ग¥यो क्षेप्यास्त्र प्रहार – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

उत्तर कोरियाले फेरी ग¥यो क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियाली समाचार संस्था योनहापले उत्तर कोरियाले एउटा नाम नखुलेको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको बताइएको छ । उक्त क्षेप्यास्त्रले कति दूरी पार ग¥यो र यसअघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भइनसकेको योनहापले जनाएको छ ।
उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । प्योङयाङले संयुक्त राज्य अमेरिकाको मुख्य भूमि पनि भेट्ने गरी लामो दूरीसम्म मार हान्ने क्षमता भएका क्षेप्यास्त्रहरुको विकास गरिरहेको विश्लेषकहरु बताउँछन् । यसअघि गत एप्रिल महिनामा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा बलेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । तर सो क्षेप्यास्त्र उडेको केहीबेरमै विस्फोट भएको थियो ।
यसअघि एप्रिल महिनाकै शुरुमा उत्तर कोरियाले गरेको अर्को क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै अमेरिकी विदेशमन्त्री टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध कदम चाल्न विश्व विफल भए त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका थिए । तर चिनियाँ विदेशमन्त्री वाङ यीले थप वार्ताहरुको लागि आह्वान गरेका थिए । अमेरिकाले उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्न चीनले अझ बढी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आएको छ ।
यो सँगै अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक तथा व्यापार सम्बन्ध नगर्न “सबै मुलुकसँग“ आग्रह गरेको छ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन् । अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया “नराम्ररी ध्वस्त“ हुने हेलीले सभामा बताइन् । दुई महिनापछि प्योङयाङले फेरि क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाको पछिल्लो चेतावनी आएको हो । उत्तर कोरियाले बुधबार परिक्षण गरेको क्षेप्यास्त्र ४,४७५ किलोमिटर उचाइमा पुगेको बताएको छ । जुन इन्टरन्याशनल स्पेस स्टेशनकोभन्दा दश गुणा माथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्न सक्ने क्षमता रहेको छ ।

सम्बन्धित समाचार

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०७४ मंसिर १८, ०९: ३४

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
  • २०७४ मंसिर १८, ०९: ३४

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०७४ मंसिर १८, ०९: ३४

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...