
झापामा जन्मिएका नविन पौडेल व्यसायिक कलाकार बन्ने सपना देखेर काठमाडौं छिरेका हुन् । काठमाडौं आइसकेपछि उनले अभिनयबाट आफ्नो यात्रा तय गरे । हास्य टेलिसिरियरबाट कला यात्रा थालेका पौडेलले विस्तारै गायनतिर लगाव बढाए ।
उनी गायन क्षेत्रमा उदाएको पनि झन्डै १५ वसन्त भइसकेको छ । ट्राइजेटिभ सेन्टिमेन्टल गीतबाट गायन यात्रा थालेको उनले डान्सिङ नम्बरका गीतहुँदै पछिल्लो समय ‘मेरी डल्ली’ नामक फन्नी–फन्नी टाइपको गीत लिएर बजारमा आएका छन् । उनै पौडेलसँग गायनसँग केन्द्रित रहेर गरिएको कुराकानीः
तपाईं कस्ता खालका गीतहरु गाउनुहुन्छ ?
मलाई आधुनिक गीत गाउन मनपर्छ । पहिला चाहीं ट्राइजेटिभ सेन्टिमेन्ट गीतहरु गाउथेँ । अहिले डान्सिङ नम्बर गीतहरु गाउँछु ।
व्यवसायिक रुपमा गाउन थाल्नुभएको कति भयो ?
म गायन क्षेत्रतिर लागेको झन्डै १५ वर्ष हाराहारी भयो । मेरा पहिला चाहीं ट्राइजेटिभ गीतहरु थिए । अहिले त्यसलाई फरक ढंगले डान्सिङ नम्बर गीतहरु गरिरहेको छु ।
कसको प्रेरणाले कला क्षेत्रतिर लाग्नुभयो ?
कसैको प्रेरणाले भन्दा पनि इच्छाशक्तिले कला क्षत्रेतिर लागेको हुँ । गायन क्षेत्रमा आउनुभन्दा पहिला म अभिनय गर्दथेँ । त्यतिबेला एनटिभी प्लसबाट “चलेको चलन” नामक टेलिसिरियल थियो । त्यो कमेडी सिरियल थियो । त्यसमा पुराना ख्यातिप्राप्त कलाकारहरु सुरवीर पण्डित, खेम शर्मा, आरपी भट्टाराई लगायतको टिम थियो । उहाँसँग अभिनयको काम गर्ने मौका पाएँ । त्यो टेलिसिरियलमा झन्डै ८५, ८६ भागसम्म खेल्ने पाएँ । त्यो टेलिरियलमा प्रोडुसर पनि भएर काम गरियो । त्यो टेलिसियलको २२, २३ भाग राजु मास्टरले डाइरेक्सन गर्नुभयो । त्यसपछि म आफैले डाइरेक्सन पनि गरेँ । अनि अभिनय पनि गरेँ ।
कलाक्षेत्रमा डाइरेक्सन, प्रोडुसर भएर काम गर्दा पढाइ छाडेकोप्रति पछुतो लाग्यो कि लागेन ?
टेलिसिरियलमा जिम्मेवार काम गर्ने अवर पाउँदा मैले पढाइ बीचमा किन छोडेछु भन्ने लाग्यो । पढ्नुपर्ने रहेछ भन्ने त लाग्यो । तर, समयले नेटो काटिसकेको थियो । इच्छा भएर पनि पढाइलाई थप अगाडि बढाउन सकिएन । काममा ध्यान दिनुपर्ने कारणले पढाइमा समय दिन सकिएन । अनि अभिनयसँगै गायन क्षेत्रलाई अगाडि बढाउन थालेँ ।
कलाक्षेत्रतिर छिट्टै नाम कमाउन लाग्नुभयो कि दाम कमाउन ?
कला क्षेत्रभित्र पनि धेरै विधाहरु छन् । त्यसमा अभिनय, लेखन, गायनलगायत थेप्रै छन् । त्यसमा दर्शक, स्रोताले कुन क्षेत्रमा बढी रुचि राख्नुहुन्छ । र, आपूmलाई कुन विधा र रोल स्वीटेवल हुन्छ भन्ने कुरा छुट्याउन सक्नुपर्छ । त्यसै अनुरुप अभिनयलाई छोडेर गायन क्षेत्रलाई पेशागत रुपमा अगाडि बढाएको हुँ । यसअघि धेरै म्यूजिक भिडियोहरुमा अभिनय गरेको छु साथै निर्देशन पनि गरेको छु ।
तपाईंले अभिनय गरेका म्यूजिक भिडियोहरुको नामहरु ?
नामहरु पनि छन् । धेरै ख्यातिप्राप्त कलाकारहरुले मसँग खेल्नु पनि भएको छ । जस्तै, सिल्पा पोखरेल, पार्वती राई, सगुन श्रेष्ठ, एलिना रायमाझी, रविना भण्डारीलगायत सिद्धहस्त कलाकारहरुले मसँग अभिनय गर्नुभएको छ । अभिनयमा यति हुँदाहुँदै पनि साथीभाइ, दर्शक, स्रोतहरुले मेरो गायकीलाई रुचाइदिनुभएकाले गायन क्षेत्रतिर लागेको छु । पछिल्लो समय सबै विधालाई छोडेर टोटली गायन क्षेत्रलाई अँगालिरहेको छु ।
तपाईंले कलाकारिता कहाँ सिक्नुभयो ?
मैले बागबजारमा गुरुदेव कामत भन्नेसँग सिकेको हो । मैले गीत गाउनुपहिला एक, दुई गाएर मान्छेहरुलाई के÷कस्तो छ भनेर सोध्ने काम गर्दथेँ । अनि उहाँहरुले तपाईंलाई गायन क्षेत्र राम्रो त्यसमा केही कुरा सिकेर गर्नुभयो भने राम्रो हुन्छ भनेर हौस्याउनुहुन्थ्यो ।
गायनमा स्वर, शब्द र संगीत कुन नभइनहुने कुरा हो ?
गायनको लागि यी तिनै चिजको उत्तिकै महत्व हुन्छ । किन भने स्वर मात्रै भएर हुँदैन । त्यसलाई मीठो शब्द चाहिन्छ । शब्दसँगै संगीत चाहिन्छ । लयपनि त्यत्तिकै आवश्यक छ । स्वर त अन्तिममा चाहिने कुरा हो । पहिला त कसले गीत लेख्यो, कसले यरेजमेन ग¥यो, कसले संगीत ग¥यो ? त्यो सबै एकजुट भइसकेपछि स्वरलाई प्राथमिकता दिने हो जस्तो लाग्छ ।
तपाईंले गीत पनि लेख्नुभएको छ ?
मैले गीत लेखेको छु । त्यसमा संगीत पनि भरेको छु । त्यसबेला अहिले प्याटन नै फरक भइसक्यो । हामीले एल्बम निकाल्ने बेलामा सिडी चक्काको चलन थियो । मैले फस्ट एल्बम निकाले नाम ‘पागलपन’ भन्ने थियो । त्यसमा ६ वटा गीतहरु समेटिएका छन् । मैले पहिलो एल्बम निकालेको चार, पाँच दिनमा सिडी चक्का बन्दै भयो । चार हजार पैतालिस सय चक्का निकालिएको थियो । त्यसै खेर गयो । सिडीबाट पेन ड्राइभ आउन थाल्यो । सिडी चक्का कामै लागेन ।
तपाईंको भखरै बजारमा आएका गीतहरु छन् ?
मैले गायन क्षेत्रमा लामो समयदेखि काम गरे तापनि त्यतिबेलाका सबै सेन्टिमेन्टल गीतहरु थिए । त्यसको एकदम फरक धारमा मैले नयाँ गीत लिएर आएको छु । त्यो गीतको बोल छ ‘मेरी डल्ली’ । त्यसमा रचना रिमाल र मेरो स्वर सजिएको छ । ‘मेरी डल्ली’मा सुदिर श्रेष्ठ र विना राउतको अभिनय रहेको छ ।
यो तपाईंको पछिल्लो गीत हो ?
पछिल्लो भन्दा पनि सेन्टिमेन्टल ट्राइजेटिभ गाना पछिको फस्ट गीत हो । जुन डान्सिङ नम्बर गीत हो । यो रिलिज भएको तीन हप्ता जति भयो । गायन क्षेत्रमा लामो समय बिताएपनि त्यतिबेला ट्राइजेटिभ सेन्टिमेन्टल गीत थिए । तर, यो मेरी डल्ली भन्ने चाहीं अलि फन्नी–फन्नी टाइपको गीत छ ।
अहिले गीतसंगीतमा टिक्न कत्तिको गाह्रो छ ?
अहिले त गाह्रै छ नि । सबैतिर भाइरलको जमाना छ । एक्कासी टुप्पाबाट पलाउनेहरु धेरै आएका छन् ।
अहिले ख्यातिप्राप्त गायक÷गायिकाहरु दुधे बालबालिकाको पछि लागिरहेका छन् आफ्नो युग सकिएर उनीहरुको पछि लागेका हुन् ?
होला सायद सबैतिर भाइरल भनेर जब कन्टेनहरु स्टाब्लिस भयो । तबदेखि मान्छेहरुले जे कुरामा पनि भाइरल खोज्न थालेका छन् । अहिले गायक÷गायिका, मोडल पनि टिकटकबाट खोज्ने ट्रेन बस्न थालेको छ । त्यस्टै टाइपको मान्छेले ल्याउन थालिएको छ । हामी त त्यति धेरै हिट पनि होइनौं । यसको बारेमा हामीलाई भन्दा पनि जो कला क्षेत्रमा सिकेर, पढेर, साधना गरेर आउनुभएको छ । त्यस्ता ख्यातिप्राप्त कलाकारहरु थाहा हुनुपर्ने हो । किन भने भाइरल कन्टेनहरु क्षणिक समयको लागि आउँछ ।
त्यसो भए अब तपाईं अभिनय छाडेर विसुद्ध गायनतिर लाग्नुभयो हो ?
हो, हिजो मैले कलाक्षेत्रमा अभिनयबाट हात हालेँ । केही समय त्यसमा रमाएँ । त्यसपछि मैले मेरो सुभचिन्तक, साथीभाइ, दर्शक, स्रोतको माया, सल्लाह, सुझाव अनुसार अब म विसुद्ध गायनतिर लागि सकेँ । भविष्यको बाटो यसैमा देखेर लागेको हुँ । गायनमै मैले करिएर बनाएको छु ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...