नेपाल आज क्यानडासँग भिड्दै – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

नेपाल आज क्यानडासँग भिड्दै

काठमाण्डौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपाल आज क्यानडासँग भिड्दै छ । दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा खेल हुने छ ।

छनोट खेलमा समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्ने दाउमा छ । यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

नेपाल शीर्षस्थानमा रहेको छ भने दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि खेल्ने छ ।

सम्बन्धित समाचार

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०७८ फाल्गुन ९, ०७: ३५

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ फाल्गुन ९, ०७: ३५

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
  • २०७८ फाल्गुन ९, ०७: ३५

काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...