थप ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

थप ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । करिब ५ हजार ९ सय १४ जनाको नमुना परिक्षण मध्ये २ हजार ५९२ को पिसीआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३२२ को एन्टिजेन परिक्षणका क्रममा ३९ जना गरी ५१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोही समयमा ३ हजार ९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५० जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै नेपालमा हाल ३ हजार ९९६ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ भने २९ हजार ३९० जनाले खोप लगाएका छन् ।

सम्बन्धित समाचार

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०७८ चैत्र ४, १५: ५८

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७८ चैत्र ४, १५: ५८

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७८ चैत्र ४, १५: ५८

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...