
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ६२ जनाको एन्टीजेन परिक्षणका क्रममा कोरोना संक्रमण फेला नपरेको बताइएको छ भने कोरोना संक्रमणका कारण मृत्यु पनि शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
आइतबार थप ६६ जना संक्रमित कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ६ सय २५ रहेको छ ।
हाल नेपालमा ८ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...