किर्गिस्तानमा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोट खेल्न नेपाली टोलीलाई बिदाइ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

किर्गिस्तानमा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोट खेल्न नेपाली टोलीलाई बिदाइ

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फुटसल टोलीलाई बिदाइ गरेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । छनोटका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । विदाई कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै एन्फाले फुटसल खेललाई अब व्यवस्थित गर्दै लैजाने जानकारी दिए ।

किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ चैत्र २२, १४: १७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ चैत्र २२, १४: १७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ चैत्र २२, १४: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...