
काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फुटसल टोलीलाई बिदाइ गरेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । छनोटका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । विदाई कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै एन्फाले फुटसल खेललाई अब व्यवस्थित गर्दै लैजाने जानकारी दिए ।

किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...