
काठमाडौं । गत २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरु ४ हजार ८०७ नमुना परीक्षणमा ३ हजार ३५८ जनाको पीसीआर परिक्षणका क्रममा १० जना र १ हजार ४४९ जनाको एन्टिजेन परिक्षणमा ३ जनासहित १३ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप ५७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने गत २४ घण्टामा पनि मृत्यु संख्या सून्य रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ७६५ जना संक्रिय संक्रमित रहेका छन् । बुधबार मात्रै थप ५६ हजार ५२७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...