अग्ला–अग्ला भवनका कारण जोखिम बढ्यो, व्यवस्थित हाेइन् कुरूप सहर बन्दै – Naya Bikalpa
7:17:17 pm
May 17, 2025, Saturday      Epaper

अग्ला–अग्ला भवनका कारण जोखिम बढ्यो, व्यवस्थित हाेइन् कुरूप सहर बन्दै

केही बर्ष अघिदेखि मुलुकभर थौरै जग्गामा अग्ला–अग्ला घर बनाउने प्रवृत्ति बढ्दो छ । तीन देखि चार आना जग्गामा पाँच देखि बिस तले घरहरु ठडिदैछन् । त्यसमाथि पनि उपत्यकामा ठुलाठुला घरहरु बनिरहेका छन् । उपत्यका नै अग्लिदै गएको आभास सबैलाई भएको हुनसक्छ । तर, चेक जाँच नै नगरीकन कमसल माटोमा घर बनाउन दिँदा त्यो अत्यन्तै जोखिमपुर्ण साबित भएको छ । २०७२ बैशाख १२ गतेको महाभुकम्पले घरहरु तहसनहस बनायो । सोहि घरले थिचिएर नौ हजार भन्दा बढिको ज्यान गयो । त्यस्तै, पचास हजार भन्दा बढि घाईते भए । भुकम्पमा परेर त्यत्रो मानिसले ज्यान गुमाउँदा पनि सरकारले पाठ सिकेन । अहिले पनि ठुलाठुला घरहरु बनाउन दिई रहेको छ । सरकारले अग्ला घरहरु बनाउन दिँदा कामदारहरु ज्यान समेत गईरहेको छ ।

अग्ला घरमा रङ लगाउने, प्लास्टर गर्नेको ज्यानको सुरक्षा न सरकारले गर्छ न घरधनीले । दुर्घटना भएपछि ठेकेदार पनि पछि हट्छन् । दुर्घटनामा परेर ज्यान गुमाएकाले क्षतिपुर्ति पनि पाउदैनन् । यता, अंगभंग भएपछि उपचार पनि पाउदैनन् । यसको जिम्मा कसले लिने ? त्यहाँ बसोबास गर्ने नागरिकहरुको ज्यानको सुरक्षा छैन । सरकारले जनताको सुरक्षा गर्नुपर्ने ठाउँमा झन् अग्ला घरहरु बनाउन दिएर जनता मार्ने काम गरेको छ ।

नियमनकारी निकायले अनुगमनमा उदासिनता देखाउँदा राज्य र जनताको सम्पत्ति मासिदै छ । विदेशीहरु नेपाल आउनुको प्रमुख कारण नै मठमन्दिर हुन् । तर, मठ मन्दिरनै मासिएपछि पर्यटकहरु के हेर्न नेपाल आउने ? भएका मठमन्दिर पनि जीर्ण बनिसक्दा पनि सरकारले मठमन्दिरको मर्मत सम्भारका निम्ति कुनै चासो नदेखाएको सर्वसाधारणहरुको आरोप छ । यता, सुरक्षाको दृष्टिकोणले पनि यो निकै नै जोखिपुर्ण देखिन्छ ।

अग्ला घरबाट केहि सिमित व्यक्तिलाई फाइदा भएपनि अधिंकाशलाई नोक्सान भई रहेको छ । केही कारणबस सो घर ढ्ल्यो भने यसको भरपाई टाढा टाढा बस्ने सर्वसाधारणले व्यहोर्नुपर्छ । मठमन्दिर वरपर अग्ला घरहरु बनाउन नदिने भनिएता पनि फितलो ऐन कानुनका कारणले यस्ता घरहरु बनाउने काम भई रहेको छ । पुरातात्विक विभागले भने अनुसार विश्व सम्पदा सुचीमा परेका मठ मन्दिर वरपर दुई तला भन्दा माथि घर बनाउन पाइदैन । तर, अहिले व्यक्तिले मन्दिरको जग्गा मिचेर ठुलाठुला घर बनाउदै आइरहेका छन् । सरकारले नै यस्तो घरहरु बनाउनेलाई कारबाहिको दायरामा ल्याउन सकेकै छैन । ऐन कानुन मिचेर घर बनाउने व्यक्तिको सामु सरकार लम्पसार परेको छ ।

नियमनकारी निकायले अनुगमनमा उदासिनता देखाउँदा राज्य र जनताको सम्पत्ति मासिदै छ । विदेशीहरु नेपाल आउनुको प्रमुख कारण नै मठमन्दिर हुन् । तर, मठ मन्दिरनै मासिएपछि पर्यटकहरु के हेर्न नेपाल आउने ? भएका मठमन्दिर पनि जीर्ण बनिसक्दा पनि सरकारले मठमन्दिरको मर्मत सम्भारका निम्ति कुनै चासो नदेखाएको सर्वसाधारणहरुको आरोप छ । यता, सुरक्षाको दृष्टिकोणले पनि यो निकै नै जोखिपुर्ण देखिन्छ ।

त्यसैगरी, कानुनमा सरकारी कार्यालय चारैपट्टि दुई तला भन्दा अग्लो घर बनाउन नदिने भनेर लेखिएको छ । नक्सालको भगवती मन्दिर वा नेपाल प्रहरी हेडक्वाटर अघि १६–१८ तला घर बनाइरहेका छन् । प्रहरी हेडक्वाटर अगाडि १८ तला घर बनाइरहँदा प्रहरी के हेरेर बसिरहेको छ ? जुनै बेला पनि सम्पूर्ण गतिविधि अरुले नियाल्ने मौका पाउँछ । सुरक्षामा खतरा हुन सक्छ । थोरै जग्गामा घर बनाउन दिने नगरपालिका र वडाको निर्णय गलत सावित भएको छ ।

त्यो ऐनलाई थप सुधार गर्नुपर्ने ठाउँमा झन् घटाएर संशोधन खोज्नु भनेको करोडौंको चलखेल भएको स्पष्ट बुझिएको छ । प्रमुख ढकाल के पी शर्मा ओलीकै गृह जिल्लाकै हुन् । उनलार्ई ओलीलेनै प्रमुखमा नियुक्ति गरेको हो । यता मन्त्री झाँक्री पनि जनताबाट चुनिएर आएकि होइन । पार्टीले मनोनित गरेर सांसद बनाएको व्यक्ति हुन् । मन्त्री झाँक्री जनता र राष्ट्रको लागि काम गर्ने क्षमतावान व्यक्ति होइनन् । कसरी पैसा कमाउने ? कुन चाहि व्यापारी सँग पैसा खाएर घरको तला थप्ने ? कसरी थप सम्पत्ति थुपार्ने ? जोड्ने मात्र यिनीहरुको सोचाइ छ ।

उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हाउजिङका सञ्चालक र घरधनिसँग करोडांै आर्थिक लेनदेन गरेर सरकारले बनाएको नीति नियमलार्ई धोती लगाई दिएका छन् । पैसाकोे आडमा नीति–नियमनै संशोधन गर्न खोजिदै छ । सहरी विकासमन्त्री झाँक्रीले दुईदेखि तीन आना जग्गामा पनि बिलडिङ ठडयाउन प्रस्ताव मन्त्रिपरिषद्मा लगेकीे छिन् । पुरानो मापदण्डअनुसार धेरै जग्गामा मात्र यस्ता घरहरु बनाउन दिने भनिएको थियो ।

त्यो ऐनलाई थप सुधार गर्नुपर्ने ठाउँमा झन् घटाएर संशोधन खोज्नु भनेको करोडौंको चलखेल भएको स्पष्ट बुझिएको छ । प्रमुख ढकाल के पी शर्मा ओलीकै गृह जिल्लाकै हुन् । उनलार्ई ओलीलेनै प्रमुखमा नियुक्ति गरेको हो । यता मन्त्री झाँक्री पनि जनताबाट चुनिएर आएकि होइन । पार्टीले मनोनित गरेर सांसद बनाएको व्यक्ति हुन् । मन्त्री झाँक्री जनता र राष्ट्रको लागि काम गर्ने क्षमतावान व्यक्ति होइनन् । कसरी पैसा कमाउने ? कुन चाहि व्यापारी सँग पैसा खाएर घरको तला थप्ने ? कसरी थप सम्पत्ति थुपार्ने ? जोड्ने मात्र यिनीहरुको सोचाइ छ ।

२०७४ सालको सरकारले काठमाडौ, भक्तपुर, ललितपुरमा चार वटा स्मार्ट सिटि बनाउन निर्णय गर्यो । त्यसका लागि एक लाख रोपनी जग्गा रोक्का राखेको थियो । मन्त्री झाँक्रीले त्यो निर्णय नै उल्टाइ दिइन । स्मार्र्ट सिटि बनाउने विषय नै सामसुम भयो । व्यवस्थित सहर बनाउनको साँटो अस्तव्यस्त बनाउन उनी तयार भइन । प्रमुख ढकाल जग्गा माफियाहरुसँग लुप्त हुँदा खेतीयोग्य जमिन धमाधम प्लानिङ भइरहेको छ ।
डाँडाकाँडामा डोजर चलाउदा पनि उनी चाल नपाएझै बसिरहेकी छिन् । सहरलाई व्यवस्थित बनाउने जिम्मेवारी यी दुई निकायको हो तर यिनीहरु सहर व्यवस्थित होइन झन् ध्वस्त बनाउनमा तल्लिन देखिन्छन् । जनताले तिरेको करबाट तलब खाने, सरकारी गाडी चढ्ने अनि काम चाहि जग्गा दलालीको गर्ने ? यस्ता असक्षम व्यक्ति वा आर्थिकको लोभमा मस्त व्यक्तिहरु पदमा बस्दा सहरको यस्तो हालत भो ।

सम्बन्धित समाचार

लोकपप गायनमा अब्बल अर्जुनको रोचक जीवनगाथा
लोकपप गायनमा अब्बल अर्जुनको रोचक जीवनगाथा
  • २०७९ बैशाख ५, १२: ५८

उत्तम कार्की भिरको बाटोमा मोटर जाने भयो रे गैरा गाउँकी कान्छी लाने भयो रे…। ………………………………………. हिमचुलीमा घाम लाग्यो घमाइलो आफ्नो...

साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न
साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न
  • २०७९ बैशाख ५, १२: ५८

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्व पुरस्कार समितिकी संयोजक साहित्यकार सीता पाण्डेको हिजो एकल कविता वाचन सम्पन्न भयो ।...