वामगठबन्धनले जतिसुकै ठुलो बहुमत ल्याए पनि यो प्रणालीलाई बदल्ने भन्ने कुरा आउँदैन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

वामगठबन्धनले जतिसुकै ठुलो बहुमत ल्याए पनि यो प्रणालीलाई बदल्ने भन्ने कुरा आउँदैन

निलाम्बर आचार्य, वरिष्ठ राजनैतिक विश्लेषक

प्रतिनिधि सभा र प्रदेश सभाको दुई चरणमा भएको निर्वाचन सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धन र वाम लोकतान्त्रिक गठबन्धनको दुई धु्रवमा बाँडिएर भएको यो निर्वाचनमा वामगठबन्धन घटकको बर्चश्व कायम हुने देखिन्छ । कांग्रेसका आन्तरिक व्यवस्थापनको कमी कमजोरी त छदै थियो । तथापि यस पटकको निर्वाचनमा वागठबन्धनको मजबुत एकता र कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको चपेटामा परेको यस निर्वाचनले स्पष्ट जनममत वागठबन्धनतिर धकेलिएको छर्लङ्गै देखियो । कांग्रेसभित्रको गुट उपगुटका कारण स्थानीय निकायदेखि टिकट वितराण्मा देखिएको असन्तुष्टि यो निर्वाचनमा पनि देखिएको हुँदा पनि कांग्रेसलाई निकै ठूलो घात भएको छ ।

चुनावसँगै संघीय संसदको अभ्यास शुरु भएको छ, यसका चुनौतीहरु के–के हुन् ?
पहिलो कुरा त यो खुशीको अवसर हो । शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएकोमा सबैलाई बधाई छ । एउटा कालखण्ड समाप्त पनि भयो । अब नयाँ इतिहास सुरु भईसकेको छ । नयाँ कामको थालनी गर्दा चुनौतिहरु अवश्य नै हुन्छन् । तर ती चुनौति खुशीका चुनौति हुन् । त्यसलाई पार गर्नुपर्छ । निर्वाचन जसरी अपवाद बाहेक शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक तरिकाले सम्पन्न भयो, त्यसमा सरकार, विपक्षी दल, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चार माध्यम सबैको योगदान रहेको छ । अहिले त अब संरचना नै सिर्जना गर्नुप¥यो । सरकारहरु सिर्जना गर्नुप¥यो । प्रदेश सरकारहरु, केन्द्रीय सरकारहरुकै पनि निर्वाचन गर्नुप¥यो । राष्ट्रिय सभाको निर्वाचन पनि त सम्पन्न गर्नुछ नि । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन छ । प्रधानमन्त्री, मुख्यमन्त्रीको निर्वाचन होला । पूर्वाधारहरु तयार गर्नुप¥यो । पूर्वाधार भन्नाले भौतिक पूर्वाधारहरु छन्, संगठनात्मक पूर्वाधार तयार छन्, कानुनी पूर्वाधारहरु छन् र निर्वाचनको बेला भएको आरोप प्रत्यारोपको चरण समाप्त भएको छ । अब निर्वाचन पश्चातको सौहार्यता कायम गर्न प¥यो । सँगसँगै काम गर्ने प्रवृति बसाल्न प¥यो । एउटा पक्ष होला अर्को विपक्ष होला । यी दूबै संसद् भित्र सँगसँगै हुन्छन् । तसर्थ अहिले मुख्य काम संरचना र पूर्वाधार तयार गर्ने पट्टि सबै ध्यान जान जरुरी छ ।

नेताहरुले संक्रमणकाल सकियो भनेका छन्, तर तपाई चुनौतिहरु छन् भनिरहनु भएको छ, निर्वाचनको मत परिणामले के संकेत गर्छ ? वामगठबन्धनको सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?
मत परिणाम लोकतन्त्रको अभ्यास हो । अहिले लोकतन्त्र विजयी भएको छ । एउटाले सरकार बनाउँछ नै अर्को सरकारको विक्षमा रहन्छ । दुवैका बीचमा पक्ष र विपक्षको सम्बन्ध रहनुपर्छ । मित्रतापूर्ण सम्बन्ध रहनुपर्छ । पक्ष र विपक्षबीच र मत परिणाममा वामगठबन्धन अगाडि देखिएको छ । वामगठबन्धनले सरकार बनाउने सम्भावना बलियो देखा पर्दैछ । दोस्रो चरणको निर्वाचनको मत आउन केही बाँकी नै छ । कति फराकिलो मत हुन्छ । बहुमत हुन्छ भन्ने कति बलियो बहुमत हुन्छ । त्यो पनि हेर्नुपर्छ । निर्वाचन परिणामले धेरै कुरा बताउँदछ । धेरै ठूलो अन्तर भयोभनेदेखि त्यसले एउटा दिशा लिन सक्दछ । ठिकठिकैको अन्तर भयो भनेदेखि अर्को दिशा लिन सक्छ । त्यस कारण चुनौतीहरुबारे पनि राजनीति चुनौतिहरु छन् त्यसबारे पनि निर्वाचन परिणाम हेरेर अन्दाज लाउन सकिन्छ । जहाँसम्म राजनीति प्रणाली बारेको कुरा छ, अब संविधान सभाको विवादहरु टुङ्गिय संविधान कस्तो बनाउने भन्ने विवादहरु टुङ्गिय अब यहि संवैधानिक प्रणालीलाई राम्रोसँग अभ्यास गर्ने । यसलाई सुधार, परिमार्जन र विकास गर्दै लैजाने भन्नेतिर जानुपर्छ । संवैधानिक अस्थिरता अब निम्त्याउन हुँदैन । त्यो निम्त्याउने हिंसामा जानेहरुलाई कुनै प्रकारको छुट पनि दिनुहुँदैन ।

वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर जसरी चुुनावमा गए, यो अवस्थामा जनताले मतदान गर्दाखेरी यस पटक वामगठबन्धनतिर किन रुचि राख्छन् होला ?
जनताले मतदान गर्दाखेरी वामगठबन्धन चाँही लोकतान्त्रिक अभ्यासमा आएको हुनाले स्वागत गरेका हुन् । लोकतन्त्रलाई स्वागत गरेका हुन् । माओवादी १०÷१० वर्ष चाँही हिंसामा गयो, त्यस पश्चात १०÷१० वर्ष संक्रमण कालको अभ्यास ग¥यो । एमाले चाँही निरन्तर २०४६ देखिनै लोकतान्त्रिक अभ्यासमा थियो । त्यसैले लोकतन्त्रलाई बलियो पार्नको निम्ति नयाँ आगन्तुकहरुलाई स्वागत गरिएको हो । यसमा कांग्रेसले अन्यथा लिनुपर्ने आवश्यकता छैन । उनीहरु प्रसन्न हुनुपर्छ किनभने कांग्रेस लोकतन्त्रवादी शक्ति हो । लोकतन्त्रवादी शक्ति अरु के उपाय छ । आफू हार्दाखेरी आफू कमजोर पर्दाखेरी खिन्नता लाग्नु स्वभाविक हो । त्यसका साथ–साथै लोकतन्त्र बलियो हुँदै गएको सबै शक्तिहरु लोकतन्त्रमा आउँदै गरेको देख्दाखेरी खुशी मान्नुपर्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट साशन आएपछि रुन पनि पाइदैन भनेर जुन तर्क गर्नुभएको थियो । त्यसबारेमा के.पी शर्मा ओलीसँग कुराकानी गरेको थिए, उहाँले भन्नुभयो प्रचण्डमा पूर्ण रुपमा परिवर्तन आइसकेको छ, उहाँ लोकतान्त्रिकरण भइसक्नु भयो । अब पहिलाको के.पी ओली र प्रचण्डको सम्बन्धको कुरा तपाई गर्दै नगर्नुु भनेर पुष्टि गर्नुभयो नि ?
उहाँहरुको सम्बन्ध जे–जस्तो होला तर लोकतान्त्रिक अभ्यासहरु अगाडी बढ्छ । जहाँसम्म साशन प्रणालीको कुरा छ । साशन प्रणाली बारेको यो निर्वाचनले टुङ्गो लगाइसक्यो । साशन प्रणाली यही रहन्छ । यसमा परिवर्तन गर्ने कुरा चाँही आउँदैन । यसमा विकास सुधार हुन सक्ला त्यो बेग्लै पक्ष हो । तसर्थ संसदिय प्रणालीमानै देश अगाडि बढ्छ । वामगठबन्धनले जतिसुकै ठूलो बहुमत ल्याएपनि यो प्रणालीलाई बदल्ने भन्ने कुरा चाँही आउँदैन ।

त्यसो भए संसदीय प्रणालीको विकल्प खोज्नु हुँदैन ?
संसदीय प्रणालीको विकल्प चाँही अहिले अशिक्षित भएको छ भन्नुस न वामगठबन्धनको एजेण्डा त संविधानसभाकालको एजेण्डा हो । अहिलेको एजेण्डा होइन । त्यस्तै कुनै हालतमा पनि लोकतान्त्रिक मूल्यमान्यताबाट कोही पनि विचलित हुनुपर्ने छैन भन्ने लाग्छ ।
त्यसो भए त्यो एजेण्डा माओवादी र एमालेले छोड्यो भन्ने तर्क हो ?
छोड्नैपर्छ अरु उपाय छैन । किनभन्दा संविधानसभाकाललाई बोकीराख्ने हो भने त संविधान सभाको निर्णयलाई नमानेको ठहर्छ नि त ? त्यसकारण संविधानसभा कालका साशन प्रणालीसँग सम्बन्धी एजेण्डा, संवैधानिक प्रणाली सम्बन्धी एजेण्डा टुङ्गो लागे । तर दश पन्ध्रवर्ष पछि उठ्न सक्लान् अहिले त यही प्रणालीलाई कसरी बलियो सृदृढ परिणाममुखी, जनमुखी बनाउँदै जाने भनेर हेर्नुपर्छ । अब पनि सशानप्रणाली बारे बहस गरिराख्नु पर्दैन ।

यदि वामगठबन्धनले दुई तिहाइले पेलेर संरचना परिवर्तन गर्न खाजे भने के हुन्छ ?
अहिले संरचना परिवर्तन हुन सक्दैन, किनभने त्यो संविधानसभाबाट आएको संरचना हो । दुइ तिहाइले परिवर्तन उहाँहरुले गर्नुहुँदैन । गर्नुहुन्छ भन्ने मलाई लाग्दैन किनभने पछि लोकतान्त्रिक संसदीय प्रणालीको पक्षमा आएको त्यो निर्वाचन प्रणाली हो । उहाँहरुले लोकतान्त्रिक संसदीय पद्धतिबाटनै दुईतिहाई ल्याउनु भएको हो । जुन पद्धतिबाट दुई तिहाई ल्याउनुभयो, त्यही पद्धतिलाई सखाप पार्न कसरी मिल्छ ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०७४ मंसिर २५, ०८: ३३

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०७४ मंसिर २५, ०८: ३३

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०७४ मंसिर २५, ०८: ३३

tc-check https://test.com