निलाम्बर आचार्य, वरिष्ठ राजनैतिक विश्लेषक
प्रतिनिधि सभा र प्रदेश सभाको दुई चरणमा भएको निर्वाचन सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धन र वाम लोकतान्त्रिक गठबन्धनको दुई धु्रवमा बाँडिएर भएको यो निर्वाचनमा वामगठबन्धन घटकको बर्चश्व कायम हुने देखिन्छ । कांग्रेसका आन्तरिक व्यवस्थापनको कमी कमजोरी त छदै थियो । तथापि यस पटकको निर्वाचनमा वागठबन्धनको मजबुत एकता र कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको चपेटामा परेको यस निर्वाचनले स्पष्ट जनममत वागठबन्धनतिर धकेलिएको छर्लङ्गै देखियो । कांग्रेसभित्रको गुट उपगुटका कारण स्थानीय निकायदेखि टिकट वितराण्मा देखिएको असन्तुष्टि यो निर्वाचनमा पनि देखिएको हुँदा पनि कांग्रेसलाई निकै ठूलो घात भएको छ ।
चुनावसँगै संघीय संसदको अभ्यास शुरु भएको छ, यसका चुनौतीहरु के–के हुन् ?
पहिलो कुरा त यो खुशीको अवसर हो । शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएकोमा सबैलाई बधाई छ । एउटा कालखण्ड समाप्त पनि भयो । अब नयाँ इतिहास सुरु भईसकेको छ । नयाँ कामको थालनी गर्दा चुनौतिहरु अवश्य नै हुन्छन् । तर ती चुनौति खुशीका चुनौति हुन् । त्यसलाई पार गर्नुपर्छ । निर्वाचन जसरी अपवाद बाहेक शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक तरिकाले सम्पन्न भयो, त्यसमा सरकार, विपक्षी दल, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चार माध्यम सबैको योगदान रहेको छ । अहिले त अब संरचना नै सिर्जना गर्नुप¥यो । सरकारहरु सिर्जना गर्नुप¥यो । प्रदेश सरकारहरु, केन्द्रीय सरकारहरुकै पनि निर्वाचन गर्नुप¥यो । राष्ट्रिय सभाको निर्वाचन पनि त सम्पन्न गर्नुछ नि । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन छ । प्रधानमन्त्री, मुख्यमन्त्रीको निर्वाचन होला । पूर्वाधारहरु तयार गर्नुप¥यो । पूर्वाधार भन्नाले भौतिक पूर्वाधारहरु छन्, संगठनात्मक पूर्वाधार तयार छन्, कानुनी पूर्वाधारहरु छन् र निर्वाचनको बेला भएको आरोप प्रत्यारोपको चरण समाप्त भएको छ । अब निर्वाचन पश्चातको सौहार्यता कायम गर्न प¥यो । सँगसँगै काम गर्ने प्रवृति बसाल्न प¥यो । एउटा पक्ष होला अर्को विपक्ष होला । यी दूबै संसद् भित्र सँगसँगै हुन्छन् । तसर्थ अहिले मुख्य काम संरचना र पूर्वाधार तयार गर्ने पट्टि सबै ध्यान जान जरुरी छ ।
नेताहरुले संक्रमणकाल सकियो भनेका छन्, तर तपाई चुनौतिहरु छन् भनिरहनु भएको छ, निर्वाचनको मत परिणामले के संकेत गर्छ ? वामगठबन्धनको सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?
मत परिणाम लोकतन्त्रको अभ्यास हो । अहिले लोकतन्त्र विजयी भएको छ । एउटाले सरकार बनाउँछ नै अर्को सरकारको विक्षमा रहन्छ । दुवैका बीचमा पक्ष र विपक्षको सम्बन्ध रहनुपर्छ । मित्रतापूर्ण सम्बन्ध रहनुपर्छ । पक्ष र विपक्षबीच र मत परिणाममा वामगठबन्धन अगाडि देखिएको छ । वामगठबन्धनले सरकार बनाउने सम्भावना बलियो देखा पर्दैछ । दोस्रो चरणको निर्वाचनको मत आउन केही बाँकी नै छ । कति फराकिलो मत हुन्छ । बहुमत हुन्छ भन्ने कति बलियो बहुमत हुन्छ । त्यो पनि हेर्नुपर्छ । निर्वाचन परिणामले धेरै कुरा बताउँदछ । धेरै ठूलो अन्तर भयोभनेदेखि त्यसले एउटा दिशा लिन सक्दछ । ठिकठिकैको अन्तर भयो भनेदेखि अर्को दिशा लिन सक्छ । त्यस कारण चुनौतीहरुबारे पनि राजनीति चुनौतिहरु छन् त्यसबारे पनि निर्वाचन परिणाम हेरेर अन्दाज लाउन सकिन्छ । जहाँसम्म राजनीति प्रणाली बारेको कुरा छ, अब संविधान सभाको विवादहरु टुङ्गिय संविधान कस्तो बनाउने भन्ने विवादहरु टुङ्गिय अब यहि संवैधानिक प्रणालीलाई राम्रोसँग अभ्यास गर्ने । यसलाई सुधार, परिमार्जन र विकास गर्दै लैजाने भन्नेतिर जानुपर्छ । संवैधानिक अस्थिरता अब निम्त्याउन हुँदैन । त्यो निम्त्याउने हिंसामा जानेहरुलाई कुनै प्रकारको छुट पनि दिनुहुँदैन ।
वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर जसरी चुुनावमा गए, यो अवस्थामा जनताले मतदान गर्दाखेरी यस पटक वामगठबन्धनतिर किन रुचि राख्छन् होला ?
जनताले मतदान गर्दाखेरी वामगठबन्धन चाँही लोकतान्त्रिक अभ्यासमा आएको हुनाले स्वागत गरेका हुन् । लोकतन्त्रलाई स्वागत गरेका हुन् । माओवादी १०÷१० वर्ष चाँही हिंसामा गयो, त्यस पश्चात १०÷१० वर्ष संक्रमण कालको अभ्यास ग¥यो । एमाले चाँही निरन्तर २०४६ देखिनै लोकतान्त्रिक अभ्यासमा थियो । त्यसैले लोकतन्त्रलाई बलियो पार्नको निम्ति नयाँ आगन्तुकहरुलाई स्वागत गरिएको हो । यसमा कांग्रेसले अन्यथा लिनुपर्ने आवश्यकता छैन । उनीहरु प्रसन्न हुनुपर्छ किनभने कांग्रेस लोकतन्त्रवादी शक्ति हो । लोकतन्त्रवादी शक्ति अरु के उपाय छ । आफू हार्दाखेरी आफू कमजोर पर्दाखेरी खिन्नता लाग्नु स्वभाविक हो । त्यसका साथ–साथै लोकतन्त्र बलियो हुँदै गएको सबै शक्तिहरु लोकतन्त्रमा आउँदै गरेको देख्दाखेरी खुशी मान्नुपर्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट साशन आएपछि रुन पनि पाइदैन भनेर जुन तर्क गर्नुभएको थियो । त्यसबारेमा के.पी शर्मा ओलीसँग कुराकानी गरेको थिए, उहाँले भन्नुभयो प्रचण्डमा पूर्ण रुपमा परिवर्तन आइसकेको छ, उहाँ लोकतान्त्रिकरण भइसक्नु भयो । अब पहिलाको के.पी ओली र प्रचण्डको सम्बन्धको कुरा तपाई गर्दै नगर्नुु भनेर पुष्टि गर्नुभयो नि ?
उहाँहरुको सम्बन्ध जे–जस्तो होला तर लोकतान्त्रिक अभ्यासहरु अगाडी बढ्छ । जहाँसम्म साशन प्रणालीको कुरा छ । साशन प्रणाली बारेको यो निर्वाचनले टुङ्गो लगाइसक्यो । साशन प्रणाली यही रहन्छ । यसमा परिवर्तन गर्ने कुरा चाँही आउँदैन । यसमा विकास सुधार हुन सक्ला त्यो बेग्लै पक्ष हो । तसर्थ संसदिय प्रणालीमानै देश अगाडि बढ्छ । वामगठबन्धनले जतिसुकै ठूलो बहुमत ल्याएपनि यो प्रणालीलाई बदल्ने भन्ने कुरा चाँही आउँदैन ।
त्यसो भए संसदीय प्रणालीको विकल्प खोज्नु हुँदैन ?
संसदीय प्रणालीको विकल्प चाँही अहिले अशिक्षित भएको छ भन्नुस न वामगठबन्धनको एजेण्डा त संविधानसभाकालको एजेण्डा हो । अहिलेको एजेण्डा होइन । त्यस्तै कुनै हालतमा पनि लोकतान्त्रिक मूल्यमान्यताबाट कोही पनि विचलित हुनुपर्ने छैन भन्ने लाग्छ ।
त्यसो भए त्यो एजेण्डा माओवादी र एमालेले छोड्यो भन्ने तर्क हो ?
छोड्नैपर्छ अरु उपाय छैन । किनभन्दा संविधानसभाकाललाई बोकीराख्ने हो भने त संविधान सभाको निर्णयलाई नमानेको ठहर्छ नि त ? त्यसकारण संविधानसभा कालका साशन प्रणालीसँग सम्बन्धी एजेण्डा, संवैधानिक प्रणाली सम्बन्धी एजेण्डा टुङ्गो लागे । तर दश पन्ध्रवर्ष पछि उठ्न सक्लान् अहिले त यही प्रणालीलाई कसरी बलियो सृदृढ परिणाममुखी, जनमुखी बनाउँदै जाने भनेर हेर्नुपर्छ । अब पनि सशानप्रणाली बारे बहस गरिराख्नु पर्दैन ।
यदि वामगठबन्धनले दुई तिहाइले पेलेर संरचना परिवर्तन गर्न खाजे भने के हुन्छ ?
अहिले संरचना परिवर्तन हुन सक्दैन, किनभने त्यो संविधानसभाबाट आएको संरचना हो । दुइ तिहाइले परिवर्तन उहाँहरुले गर्नुहुँदैन । गर्नुहुन्छ भन्ने मलाई लाग्दैन किनभने पछि लोकतान्त्रिक संसदीय प्रणालीको पक्षमा आएको त्यो निर्वाचन प्रणाली हो । उहाँहरुले लोकतान्त्रिक संसदीय पद्धतिबाटनै दुईतिहाई ल्याउनु भएको हो । जुन पद्धतिबाट दुई तिहाई ल्याउनुभयो, त्यही पद्धतिलाई सखाप पार्न कसरी मिल्छ ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...