बेलायतकी प्रधानमन्त्री मेको हत्या प्रयास दुई आरोपित पक्राउ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

बेलायतकी प्रधानमन्त्री मेको हत्या प्रयास दुई आरोपित पक्राउ

बेलायतकी प्रधानमन्त्री टेरिजा मेलाई मार्ने षड्यन्त्रलाई सुरक्षा निकायले असफल पारिदिएका छन् । षड्यन्त्रका आरोपितहरू नईमुर जकारिया र आकिब इमरानलाई पक्राउ गरिएको छ । रोयटर्सका अनुसार, मेलाई मार्नका लागि इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइसमार्फत बेलायती प्रधानमन्त्रीको निवासमा आत्मघाती आक्रमण गर्ने योजना बनेको थियो ।

हल्लाखल्ला मच्चिएको मौका पारेर मेलाई मार्ने उनीहरूले योजना बनाएका थिए । मेका प्रवक्ताका अनुसार, विगत १२ महिनामा नौवटा आतंकवादी आक्रमणलाई असफल बनाइएको छ । स्काई न्युजका अनुसार, टेरिजा मे लामो समयदेखि आतंकवादीको तारो बनेकी छन् । त्यसैले १० डाउनिङ स्ट्रीटमा कीला ठोकिएको गेट लगाइएको छ भने सुरक्षा बढाइएको छ । सन् १९७० को दशकमा बेलायती प्रधानमन्त्रीको सुरक्षा मापदण्ड बनाइएको थियो । सन् १९८० को दशकमा आईरिश रिपब्लिकन ग्रूपप्सका तर्फबाट धम्की आइरहँदा सुरक्षा बढाइएको थियो ।

सन् १९९१ म आईरिश रिपब्लिकन आर्मीले प्रधानमन्त्री आवासमा मोर्टार आक्रमण गरेको थियो । बम आवासको पछाडि भागमा खसेको थियो । त्यतिखेर प्रधानमन्त्री जोन मेजर घरमै थिए तर उनलाई कुनै हानि भएन । बेलायतमा यस वर्ष आतंकवादी आक्रमणहरू थुप्रै भएका छन् । मार्च महिनामा खालिद मसूद नामक आतंकवादीले वेस्टमिन्स्टर पुलमा पैदलयात्रीमाथि गाडी कुदाएर पाँचजनाको, संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरीलाई चक्कु हानेर हत्या गरेका थिए ।

मे महिनामा म्यानचेस्टर एरिनामा भएको एक कन्सर्टमा आतंकवादी आक्रमण हुँदा २२ जनाको मृत्यु भएको थियो । त्यही महिनामा उत्तरी लन्डनको एक मस्जिदमा आक्रमण हुँदा एक व्यक्तिको मृत्यु भयो । अगस्टमा बकिङघम दरबारनजिक तरवार बोकेर हिँडेका एक व्यक्तिलाई पक्राउ गरिएको थियो । सेप्टेम्बर महिनामा पार्सन्स ग्रीन स्टेसनमा ट्युब ट्रेनमा विस्फोटको प्रयासलाई असफल पारिएको थियो ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०७४ मंसिर २५, ०८: ४८

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०७४ मंसिर २५, ०८: ४८

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०७४ मंसिर २५, ०८: ४८

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...