
नयाँ विकल्प,
काठमाडौ – एमाले अध्यक्ष केपी ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न पनि अर्को निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बुधबार ओलीले आफूले साढे तीन वर्ष सरकार चलाउँदा निकै राम्रोसँग चलाएको तर एक वर्षअघिदेखि बनेको सरकारले केही काम गर्न नसकेको आरोप लगाए । ‘हामीले सरकार चलाउँदा कोभिड थियो । दुई वर्ष त्यसकै रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्यो । तर अहिले कोभिड छैन । यो सरकार निकम्मा भयो । त्यसैले अर्को निर्वाचनपछि एमालेको बहुमत सरकार चाहिन्छ,’ ओलीले भने ।
उनले स्थानीय तहको निर्वाचन एमालेका लागि राम्रो नभएको बताउँदै अबको निर्वाचनमा त्यस्तो हुँदैन भनेर प्रतिबद्धता जनाउँन नेता कार्यकर्तालाई कसम खुवाए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...