एमपीएको परीक्षा कसले लिने हो ? नेपाल जनस्वास्थ्य संघ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एमपीएको परीक्षा कसले लिने हो ? नेपाल जनस्वास्थ्य संघ

नयाँ विकल्प,

काठमाडौं – नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य विषयमा स्नातकोत्तर एमपीए अध्ययन गरेकाको नाम दर्ता ९लाइसेन्स०परीक्षा छुट्टाछुट्टै सूचना प्रकाशन गरिएकोप्रति गम्भीर ध्यान आर्कषण भएको जनाएको छ । नेपाल जनस्वास्थ्य संघले शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल मेडिकल काउन्सिलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेकोप्रति आपत्ती जनाएको हो ।

एकै विषयको लाइसेन्स परीक्षाका लागि दुई निकायहरुले दर्ता परीक्षा लिँदा सरकारी निकायको दोहोरोपन देखिएको संघका अध्यक्ष बसन्त अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुई जिम्मेवार निकायले जनस्वास्थ्य व्यवसायीमा दुविधा, शिक्षण संस्थाको नियमनमा असहजता भई समग्र स्वास्थ्य प्रणालीको गुणस्तर कायम गर्न नसकिने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘एकै तह, एकै विषयको उस्तै प्रकृतिको नाम दर्ता परीक्षालाई दुई फरक निकायहरुले संचालन गर्नु कुनै पनि तबरबाट वाञ्छनीय नहुने भएकाले नेपाल सरकारबाट जारी भएका विद्यमान ऐन, कानुन तथा नियमावलीहरुको अधीनमा रहि जनस्वास्थ्य विषयको नाम दर्ता परीक्षालाई दोहोरोपन नहुने गरी संचालन गर्नुपर्ने यस संघको निष्कर्ष छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ श्रावण ६, २१: ०२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७९ श्रावण ६, २१: ०२

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण ६, २१: ०२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...