नेप्सेमा ६१ अंकको वृद्धि – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेप्सेमा ६१ अंकको वृद्धि

नयाँ विकल्प,

काठमाडौं – आइतबार सेयर बजारमा एकैदिन ६१ अंकको वृद्धि आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६१.०५ अंकले बढ्दै २ हजार ७८.५१ अंकमा उक्लिएको हो । आज बजारमा २ अर्ब ७३ करोड ९ लाख माथिको कारोबार भएको छ ।
मौद्रिक नीतिले यसअघिको सेयर धितो कर्जा (मार्जिन ल्यान्डिङ) को ४/१२ को व्यवस्थामा परिमार्जन गर्दै सो व्यवस्थाको तल्लो सीमा खारेज गरेसँगै लगानीकर्ताहरुमा उत्साह बढेको देखिन्छ ।

यस दिन सबै उपसूचक बढेर बजार नै हरियाली भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.२२ प्रतिशतले वृद्धि भएको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.१ प्रतिशतले, ट्रेडिङ समूह ४.४४ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.९१ प्रतिशतले, हाइड्रोपावर समूह ३.६८ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२१ प्रतिशतले बढेको छ ।

यस्तै, होटल तथा पर्यटन समूह २.७५ प्रतिशतले, जीवन बीमा समूह २.१६ प्रतिशतले, बैंकिङ समूह १.६७ प्रतिशतले, म्यानु एण्ड प्रो १.९४ प्रतिशतले निर्जीवन बीमा समूह १.४५ प्रतिशतले र म्युचुअल फन्ड १.१६ प्रतिशतले बढेको छ ।
यस दिन तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा माथिका कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ८, १६: ३०

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ८, १६: ३०

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण ८, १६: ३०

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...