लोकतान्त्रिकमा राप्रपाबाट भयानक धोका ! – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

लोकतान्त्रिकमा राप्रपाबाट भयानक धोका !

काठमाडौं । सत्ताको लागि मेरिमेट्ने राप्रपाका अध्यक्ष कमला थापा यतिखेरसम्म शेरबहादुर देउवाको उपप्रधानमन्त्री भएर चुनाव लडिरहेका छन् । आपूm मकवानपुरको क्षेत्र नं. १ बाट चुनाव लडेता पनि विजय हासिल गर्न सकेनन् । सत्ताको लागि शेरबहादुर देउवासँग घाँटी जोड्ने पुगेका थापा यतिखेर राजनैतिक खेलाडी हुँ भन्दै भित्री रुपमा ओलीसँग साँठगाँठ गर्ने र बाहिरी रुपमा लोकतान्त्रिक गठबन्धनबाट आपूm र आप्mना पकेटका व्यक्तिहरुलाई निर्वाचनमा लडाएका कारण झापा बाहेक अन्यत्र स्थानमा राप्रपाको सिट एउटा पनि जित्ने अवस्था बनाउन कांग्रेसभित्र गठबन्धनको नाममा मुसा प्रवृतिमा सरकारसँग साँठगाँठ गरेता पनि अब कमल थापा राजनैतिक कार्यकर्ताको अवस्था अन्त भएको छ । दोस्रो संविधानसभाको निवर्नचनमा गाई र दाईको नारा दिंदै हिन्दू राज्य बनाइ छाड्ने भन्दै २५ जना समानुपातिक सिट सफल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रदेश सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा पत्तासाफ भएका छन् ।

दोस्रो संविधानसभाको समयका हिन्दू धर्मको वकालत गरेर मत बटुलेका थापाले हिन्दू धर्मको नाममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत धोका दिएका जानकारहरु बताउँछन् । निर्वाचनदेखि हिन्दू धर्मको नाममा राजनीति गरेर नयाँ संविधान निर्माण प्रकृयामा समेत सामेल नभै नयाँ संविधानको विरुद्धमा लागेका थापा पछिल्लो समयमा राप्रपाको एकीकरण गरेर पनि पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी जस्ता हस्तीहरु समेत बाहिरिनु परेको र पार्टी एकीकरण भएको वर्ष दिन नबित्दै पुनः अर्काे पार्टी पशुपति शमशेर जबराको नेतृत्व खडा भएको हुँदा थापाको एकलौटी राजनीति चकनाचुर भएको थियो । आप्mनो पार्टीको ६० प्रतिशत केन्द्रीय सदस्य पशुपति शमशेर जबरापट्टि लागेपछि विलखबन्धनमा परेका थापा नेपाली कांग्रेसको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारको उपप्रधानमन्त्री एवम् जलस्रोत मन्त्री समेत रहेका छन् ।

सरकारको सूचना एमाले पार्टी अध्यक्ष केपी ओलीसम्म पु¥याएको र मन्त्रीमण्डलमा हुने निर्णय सबै पहिले केपी ओलीसम्म पु¥याएको आरोप लाग्दै आएका थापा यतिखेर मकवानपुरबाट निर्वाचनमा पराजित हुन पुगेका छन् । यसैगरी झापामा बामगठबन्धनसँग एकता गरेर लोकतान्त्रिकका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराएका छन् । काठमाडौं ७ मा विक्रम थापालाई कांग्रेसले सिट छोडेर पनि झापामा नछोड्नु राजनैतिक बेइमानी भएको टिप्पणी राजनैतिक विश्लेषकहरु बताउँछन् ।

काठमाडौंका धेरै स्थानहरुमा लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गर्ने सहमति भए पनि अधिकांश स्थानहरुमा लोकतान्त्रिक गठबन्धनलाई धोका दिएको कांग्रेस नेताहरु बताउँछन् । काठमाडौंको ७ मा विक्रम बहादुर थापालाई सघाउने र काठमाडौंको अन्य स्थानहरुमा राप्रपाले कांगे्रसलाई सघाउने सहमति भए पनि कुनै स्थानहरुमा त्यस्तो हुन नसकेको कारण कांग्रेसले हार खानु परेको कुरा कांग्रेस नेताहरुले बताएका छन् । सरकारमा पनि बस्ने लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गर्ने भनेर सहमति गर्ने तर कार्यान्वयन नभएपछि कांग्रेसको तीन सिट राप्रपाको कारण हार व्यहोर्नु परेको कांग्रेसका जिल्ला नेताहरुले विकल्पलाई बताएका छन् ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७४ मंसिर २५, ०९: १३

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७४ मंसिर २५, ०९: १३

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०७४ मंसिर २५, ०९: १३

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...