लोकतान्त्रिकमा राप्रपाबाट भयानक धोका ! – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

लोकतान्त्रिकमा राप्रपाबाट भयानक धोका !

काठमाडौं । सत्ताको लागि मेरिमेट्ने राप्रपाका अध्यक्ष कमला थापा यतिखेरसम्म शेरबहादुर देउवाको उपप्रधानमन्त्री भएर चुनाव लडिरहेका छन् । आपूm मकवानपुरको क्षेत्र नं. १ बाट चुनाव लडेता पनि विजय हासिल गर्न सकेनन् । सत्ताको लागि शेरबहादुर देउवासँग घाँटी जोड्ने पुगेका थापा यतिखेर राजनैतिक खेलाडी हुँ भन्दै भित्री रुपमा ओलीसँग साँठगाँठ गर्ने र बाहिरी रुपमा लोकतान्त्रिक गठबन्धनबाट आपूm र आप्mना पकेटका व्यक्तिहरुलाई निर्वाचनमा लडाएका कारण झापा बाहेक अन्यत्र स्थानमा राप्रपाको सिट एउटा पनि जित्ने अवस्था बनाउन कांग्रेसभित्र गठबन्धनको नाममा मुसा प्रवृतिमा सरकारसँग साँठगाँठ गरेता पनि अब कमल थापा राजनैतिक कार्यकर्ताको अवस्था अन्त भएको छ । दोस्रो संविधानसभाको निवर्नचनमा गाई र दाईको नारा दिंदै हिन्दू राज्य बनाइ छाड्ने भन्दै २५ जना समानुपातिक सिट सफल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रदेश सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा पत्तासाफ भएका छन् ।

दोस्रो संविधानसभाको समयका हिन्दू धर्मको वकालत गरेर मत बटुलेका थापाले हिन्दू धर्मको नाममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत धोका दिएका जानकारहरु बताउँछन् । निर्वाचनदेखि हिन्दू धर्मको नाममा राजनीति गरेर नयाँ संविधान निर्माण प्रकृयामा समेत सामेल नभै नयाँ संविधानको विरुद्धमा लागेका थापा पछिल्लो समयमा राप्रपाको एकीकरण गरेर पनि पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी जस्ता हस्तीहरु समेत बाहिरिनु परेको र पार्टी एकीकरण भएको वर्ष दिन नबित्दै पुनः अर्काे पार्टी पशुपति शमशेर जबराको नेतृत्व खडा भएको हुँदा थापाको एकलौटी राजनीति चकनाचुर भएको थियो । आप्mनो पार्टीको ६० प्रतिशत केन्द्रीय सदस्य पशुपति शमशेर जबरापट्टि लागेपछि विलखबन्धनमा परेका थापा नेपाली कांग्रेसको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारको उपप्रधानमन्त्री एवम् जलस्रोत मन्त्री समेत रहेका छन् ।

सरकारको सूचना एमाले पार्टी अध्यक्ष केपी ओलीसम्म पु¥याएको र मन्त्रीमण्डलमा हुने निर्णय सबै पहिले केपी ओलीसम्म पु¥याएको आरोप लाग्दै आएका थापा यतिखेर मकवानपुरबाट निर्वाचनमा पराजित हुन पुगेका छन् । यसैगरी झापामा बामगठबन्धनसँग एकता गरेर लोकतान्त्रिकका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराएका छन् । काठमाडौं ७ मा विक्रम थापालाई कांग्रेसले सिट छोडेर पनि झापामा नछोड्नु राजनैतिक बेइमानी भएको टिप्पणी राजनैतिक विश्लेषकहरु बताउँछन् ।

काठमाडौंका धेरै स्थानहरुमा लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गर्ने सहमति भए पनि अधिकांश स्थानहरुमा लोकतान्त्रिक गठबन्धनलाई धोका दिएको कांग्रेस नेताहरु बताउँछन् । काठमाडौंको ७ मा विक्रम बहादुर थापालाई सघाउने र काठमाडौंको अन्य स्थानहरुमा राप्रपाले कांगे्रसलाई सघाउने सहमति भए पनि कुनै स्थानहरुमा त्यस्तो हुन नसकेको कारण कांग्रेसले हार खानु परेको कुरा कांग्रेस नेताहरुले बताएका छन् । सरकारमा पनि बस्ने लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गर्ने भनेर सहमति गर्ने तर कार्यान्वयन नभएपछि कांग्रेसको तीन सिट राप्रपाको कारण हार व्यहोर्नु परेको कांग्रेसका जिल्ला नेताहरुले विकल्पलाई बताएका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७४ मंसिर २५, ०९: १३

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७४ मंसिर २५, ०९: १३

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७४ मंसिर २५, ०९: १३

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...