काँग्रेसद्वारा काठमाडौँका सबै जसो क्षेत्रमा दाबेदारी प्रस्तुत – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

काँग्रेसद्वारा काठमाडौँका सबै जसो क्षेत्रमा दाबेदारी प्रस्तुत

नयाँ विकल्प,

काठमाडौं – निर्वाचनको मिती घोषणा भएसंगै उम्मेदवारको चर्चा सुरु भएको छ । आसन्न मंसिर ४ गतेका लागी मिती घोषणा भएपछि उम्मेद्वारको चर्चा सरु भएको हो । उम्मेदवारका आकाङ्क्षीले टिकटको लबिङदेखि निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
यसमध्ये पनि संघीय राजधानी रहेको काठमाडौँका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुन पार्टीबाट को उम्मेदवार बन्ने भनेर चासोका साथ हेरिएको छ । काठमाडौँमा स्वतन्त्र व्यक्तिले उम्मेदवारी घोषणा गरे पनि प्रमुख दल आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।

सत्तारुढ दल नेपाली काँग्रेसले भने ०७४ मा काठमाडौँबाट निर्वाचित भएका सबैलाई दोहोर्‍याउने तयारी गरेको छ । काठमाडौँमा मुख्यतः पाँच दलीय सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले काठमाडौँका सबै जसो क्षेत्रमा दाबेदारी प्रस्तुत गरेको छ । तर ०७४ मा ९ वटा निर्वाचन (काठमाडौँ–७ राप्रपालाई छोडेको) क्षेत्रमा उम्मेदवारी दिएको काँग्रेसलाई अहिले गठबन्धनमा आबद्ध दलहरूलाई पनि समेटेर लिनुपर्ने चुनौती पनि छ । काठमाडौँ– २ र ८ मा नेकपा एकीकृत समाजवादीको दाबेदारी छ ।

सम्बन्धित समाचार

सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
  • २०७९ श्रावण २२, १८: ५३

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...

वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
  • २०७९ श्रावण २२, १८: ५३

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताएका छन् । जननेता मदन भण्डारीको हिरक...

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २२, १८: ५३

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...