
नयाँ विकल्प,
काठमाडौं – निर्वाचनको मिती घोषणा भएसंगै उम्मेदवारको चर्चा सुरु भएको छ । आसन्न मंसिर ४ गतेका लागी मिती घोषणा भएपछि उम्मेद्वारको चर्चा सरु भएको हो । उम्मेदवारका आकाङ्क्षीले टिकटको लबिङदेखि निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
यसमध्ये पनि संघीय राजधानी रहेको काठमाडौँका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुन पार्टीबाट को उम्मेदवार बन्ने भनेर चासोका साथ हेरिएको छ । काठमाडौँमा स्वतन्त्र व्यक्तिले उम्मेदवारी घोषणा गरे पनि प्रमुख दल आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।
सत्तारुढ दल नेपाली काँग्रेसले भने ०७४ मा काठमाडौँबाट निर्वाचित भएका सबैलाई दोहोर्याउने तयारी गरेको छ । काठमाडौँमा मुख्यतः पाँच दलीय सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले काठमाडौँका सबै जसो क्षेत्रमा दाबेदारी प्रस्तुत गरेको छ । तर ०७४ मा ९ वटा निर्वाचन (काठमाडौँ–७ राप्रपालाई छोडेको) क्षेत्रमा उम्मेदवारी दिएको काँग्रेसलाई अहिले गठबन्धनमा आबद्ध दलहरूलाई पनि समेटेर लिनुपर्ने चुनौती पनि छ । काठमाडौँ– २ र ८ मा नेकपा एकीकृत समाजवादीको दाबेदारी छ ।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...