रुकुम । २०३२ सालमा रुकममा नै जन्म भई कर्मथलो बनाउँदै आएकी महिला
प्रतिनिधिसभा सदस्यमा महिलाबाट सर्वप्रथम निर्वाचित भएकी छिन् । बामगठबन्धनको तर्पmबाट उम्मेदवार बनेकी रोक्का २०४६ सालदेखि राजनीतिमा लागेको र हाईस्कूलमा पढ्दै जनयुद्धमा लागिपरेकी हुँदा तत्कालिन माओवादीले छापामार लडाकूको जिम्मा समेत दिइएको थियो ।
२०५२ सालको जनयुद्धमा नेकपा माओवादीका पूर्णकालिन सदस्य हुँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी १० हजार ४३४ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । रुकुम÷पूर्व क्षेत्रबाट निर्वाचित रोक्काको माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेकी छिन् ।
२०६१ सालदेखि माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै आएकी रोक्कापूर्व आपूर्ति मन्त्री गणेशमान पुनका श्रीमती हुन् । दुवै जना माओवादी केन्द्रका शक्तिशाली नेताका रुपमा परिचित भएका कारण उनी रुकुमको पश्चिम क्षेत्रका जनताले मन पराएकी नेतृ भएकी कारण पनि निर्वाचित भएकी छिन् । लामो समय माओवादीसँग भूमिगत हुँदै हाईस्कूलसम्मको अध्ययन गरेकी रोक्का रुकुमको अति विकट क्षेत्रमा किसान परिवारमा जन्मिएकी महिला हुन् ।
साधारण कृषक परिवारका महिला नेतृ पार्टीभित्र पनि इमान्दार भएको हुँदा प्रतिनिधिसभा सदस्यको टिकट दिइएको माओवादी केन्द्रको दावी रहेको छ । नेकपा माओवादीले तत्कालिन छापामार युद्धमा रोक्काकै नेतृत्वमा भएको बताइन्छ । त्यसैले जनयुद्धको छापामार युद्धमा रोक्काले खेलेको भूमिकाले गर्दा उनलाई छापामार युद्धको पहिलो महिला भनिएको हो ।
जेहोस् बामगठबन्धनबाट रुकुममा पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पहिलो महिला निर्वाचित हुनेमा रोक्का परेकी छिन् ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...