पहिलो छापामार महिला निर्वाचित – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

पहिलो छापामार महिला निर्वाचित

रुकुम । २०३२ सालमा रुकममा नै जन्म भई कर्मथलो बनाउँदै आएकी महिला प्रतिनिधिसभा सदस्यमा महिलाबाट सर्वप्रथम निर्वाचित भएकी छिन् । बामगठबन्धनको तर्पmबाट उम्मेदवार बनेकी रोक्का २०४६ सालदेखि राजनीतिमा लागेको र हाईस्कूलमा पढ्दै जनयुद्धमा लागिपरेकी हुँदा तत्कालिन माओवादीले छापामार लडाकूको जिम्मा समेत दिइएको थियो ।
२०५२ सालको जनयुद्धमा नेकपा माओवादीका पूर्णकालिन सदस्य हुँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी १० हजार ४३४ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । रुकुम÷पूर्व क्षेत्रबाट निर्वाचित रोक्काको माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेकी छिन् ।

२०६१ सालदेखि माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै आएकी रोक्कापूर्व आपूर्ति मन्त्री गणेशमान पुनका श्रीमती हुन् । दुवै जना माओवादी केन्द्रका शक्तिशाली नेताका रुपमा परिचित भएका कारण उनी रुकुमको पश्चिम क्षेत्रका जनताले मन पराएकी नेतृ भएकी कारण पनि निर्वाचित भएकी छिन् । लामो समय माओवादीसँग भूमिगत हुँदै हाईस्कूलसम्मको अध्ययन गरेकी रोक्का रुकुमको अति विकट क्षेत्रमा किसान परिवारमा जन्मिएकी महिला हुन् ।

साधारण कृषक परिवारका महिला नेतृ पार्टीभित्र पनि इमान्दार भएको हुँदा प्रतिनिधिसभा सदस्यको टिकट दिइएको माओवादी केन्द्रको दावी रहेको छ । नेकपा माओवादीले तत्कालिन छापामार युद्धमा रोक्काकै नेतृत्वमा भएको बताइन्छ । त्यसैले जनयुद्धको छापामार युद्धमा रोक्काले खेलेको भूमिकाले गर्दा उनलाई छापामार युद्धको पहिलो महिला भनिएको हो ।

जेहोस् बामगठबन्धनबाट रुकुममा पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पहिलो महिला निर्वाचित हुनेमा रोक्का परेकी छिन् ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७४ मंसिर २५, ०९: २५

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७४ मंसिर २५, ०९: २५

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७४ मंसिर २५, ०९: २५

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...