
नयाँ विकल्प,
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेपनि समायोजनमा खासै चासो देखाएको छैन। भारतीय आयल निगमलाई तिर्ने बक्यौता धेरै रहेको बहाना बनाउँदै निगमले नाफा हुँदाहुँदै पनि मूल्य घटाउन आनाकानी गरेको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै रु २३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४.७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९.५७ रुपैयाँ घाटा देखाएको छ । हवाइ इन्धन र मट्टितेलमा नाफा नै देखाइएको छ।
निगमले आफ्ना कर्मचारीलाई बोनस र विभिन्न शीर्षकमा सुविधा दिँदै आएको छ भने उपभोक्तालाई चाहिँ लगातार तीन पटक मूल्य घटेर आउँदा पनि समायोजन गरेको छैन । जबकी निगमले स्वचालित मूल्य प्रणाली भन्दै बढेको बेलामा चाहिँ विगतमा भाउ बढाउँदै आएको थियो । मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको थियो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...
ललितपूर।गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता...