नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल जारी (लाइभ) – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल जारी (लाइभ)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसाभ बैठक सुरु भएको छ । बिहीबार बिहानदेखि सुरु भएको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि गृहमन्त्री खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता  (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्न लागिएको हो । साउन ३१ गते बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाउनुभएको विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकतासम्बन्धी विधेयक साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर, राष्ट्रपति भण्डारीद्धारा १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाइएको थियो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेश गर्ने कार्यसूची रहेको छ ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० उपनियम ४ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७९ भाद्र २, १२: ११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७९ भाद्र २, १२: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७९ भाद्र २, १२: ११

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...