
काठमाडौँ । आइ सी एफ सी फाईनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोग मा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।
सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइ सी एफ सी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप (ICFC Finance Smart) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR) मार्फत गर्न सक्ने जनाएको छ ।
उक्त सम्झौता पत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...