चलचित्र सुटिङ शुल्क ५ हजार रुपैयाँ बढ्यो | Naya Bikalpa
September 29, 2022, Thursday

चलचित्र सुटिङ शुल्क ५ हजार रुपैयाँ बढ्यो

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्कमा ५ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली कार्यान्वयनमा ल्याएको छ ।

चलचित्र सुटिङ शुल्कमा ५ हजार रुपैयाँ वृद्धि भएको छ । प्राधिकरणका अनुसार अब अन्तर्राष्ट्रिय विमानस्थल भित्र चलचित्र, भिडियो चलचित्र, वृत्तचित्र खिच्दा चलचित्र निर्माताले ६ घण्टा बरावर एक पटक मानेर १५ हजार रुपैयाँ तिर्नुपर्छ ।

पहिला १० हजार रुपैयाँ मात्र रहेको थियो । उता, आन्तरिक विमानस्थलमा छायाङ्कन गर्दा ७ हजार रुपैयाँका दरले सेवा शुल्क बुझाउनु पर्छ । साविकमा यस्तो शूल्क ५ हजार रुपैयाँ मात्र रहेको थियो ।

 

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ भाद्र ३, १८: ०३

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ भाद्र ३, १८: ०३

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ भाद्र ३, १८: ०३

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...