कांग्रेस नेता समाजबादी चिन्तक गिरीको निधनप्रति देशविदेशका नेतासमेत चिन्तित – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

कांग्रेस नेता समाजबादी चिन्तक गिरीको निधनप्रति देशविदेशका नेतासमेत चिन्तित


काठमाडौं । प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक तथा प्रखर वक्ता प्रदीप गिरीको भदौ ४ गते साँझ उपचारको क्रममा निधन भएको छ ।

समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, गिरीको ७५ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं. २००४ असोज २४ गते गोवर्धन पुजाका दिन सिरहा जिल्लाको वस्तिपुरमा जन्मनु भएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए ।

समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता थिए ।

लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्या गर्ने गिरि सँधै सहभागितामूलक प्रजातन्त्र, किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दूमा राख्नु पर्ने पक्षमा वकालत गर्नुहुन्थ्यो ।

राजनैतिक दलहरु प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत थिए ।

सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरुमा वैचारिक र सांगठनिक अग्रणी भूमिका गिरीप्रति उच्च सम्मान र उनको आत्माको चीर शान्तिको कामना गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बिहान बसेको आकश्मिक बैठकले भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

कांग्रेसले भदौ ६ गते सोमबारका दिन पार्टी केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिन भाद्र १६ गतेसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ गते केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

यसैबीच, भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम याचुरीले नेता गिरिको निधनप्रति गहिरो दुख व्यक्त गर्दै लोकतन्त्रको पक्षमा र नेपालको राजसंस्थाको विरुद्ध संघर्ष गर्ने भारतीयहरुको एक असल मित्र अविचलित योद्धाको निधन भएको बताएका छन् ।

छिमेकी मुलुक भारतको बिहार राज्यका मुख्यमन्त्री नितिस कुमारले गिरिको निधनप्रति दुख व्यक्त गर्दै नेपाली राजनीतिका दार्शनिक तथा समाजबादी विचारक उनी सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेको नेता भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७९ भाद्र ६, १४: ५७

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७९ भाद्र ६, १४: ५७

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७९ भाद्र ६, १४: ५७

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...