काठमाडौं । जीएमआरले आयोजना सुटुक्क माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आधा स्वामित्व फ्रान्सेली कम्पनीलाई बेचेको छ । हात पारेको ८ वर्षप उक्त कम्पनीले लगानी बोर्डलाई जानकारी नदिई फ्रान्सेली कम्पनी इलेक्ट्रिकिट डे फ्रान्स (ईडीएफ)लाई आधा स्वामित्व बेचेको हो ।
भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)ले ९०० मेगावाटको आयोजना निर्माणका लागि लगानी जुटाउन नसकेपछि यसो गरेको जनाएको छ । नेपाल सरकारले गत असार अन्तिम साता जीएमआरलाई थप दुई वर्ष समय दिएको थियो ।
त्यसको दुई महिनामै उसले लगानी बोर्डलाई जानकारी नदिई फ्रान्सेली कम्पनी इलेक्ट्रिकिट डे फ्रान्स (ईडीएफ)लाई आधा स्वामित्व बेचेको भन्दै यसको उदेश्य बनाउने भन्दा पनि नदि होल्ड गर्ने रहेको भनेर सर्वत्र विरोध हुन थालेको छ ।
५० प्रतिशत स्वामित्व ईडीएफलाई दिने सहमति भएसँगै सरकारी कर्मचारी र बैंकरहरूलाई सोमबार काठमाडौंको एक तारे होटलमा पार्टी दिइएको जीएमआरका एक अधिकारीले बतााए । उनले भेन, ‘औपचारिक सम्झौता हुन मात्रै बाँकी छ, ‘ईडीएफ र जीएमआर मिलेर परियोजना बनाउने सहमति भइसक्यो, आजको पार्टी चाहिं म्याद थपिएको खुसीयालीमा हो ।’
जीएमआरले सन् २०१४ मा परियोजना हात पारेलगत्तै ईडीएफले आयोजनाको स्वामित्व लिन खोजेको थियो । २०१७ मा पनि यसबारे छलफल भयो । तर, ईडीएफले ५१ प्रतिशत स्वामित्व मागेपछि ‘डिल फाइनल’ हुन सकेको थिएन ।
बारम्बार म्याद थप्दा पनि लगानी जुटाउन नसकेपछि जीएमआर ईडीएफलाई स्वामित्व बेच्न तयार भयो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...