काठमाडौं । नेपाली सेनाका धावक तीर्थबहादुर तामाङले लिगलिगकोट(सिरानचोक गोरखा दरबार दौड जितेका छन्। तीन घन्टा ११ मिनेट १ सेकेन्डमा उनले ४२ किमी दौड पूरा गरेका हुन्।
दौडमा ९४ जना धावक सहभागी रहेका थिए। दौडमा पहिलो भएर सेनाका भवानी दल गणका तामाङले एक लाख ५० हजार नगदसहित पुरस्कार पाएका छन्।
भारतीय सेनामा कार्यरत अनिश थापा मगर भने दौडमा दोस्रो भएका छन। उनले तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरेका थिए। उनले एक लाख पुरस्कार पाएका छन।
तेस्रो नेपाली सेनाको बरख दल गणका मोहनदेव जोशी भए। उनले तीन घन्टा १५ मिनेट १५ सेकेन्डमा दौड पूरा गरेका थिए।
उनले ७५ हजार पुरस्कार पाए। गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले सेनाको रिपुमर्दन दल गणसँग समन्वय गर्दै वर्षेनी दौड गर्दै आएको छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...