समानुपातिकमा कांग्रेस पहिलो पार्टी – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

समानुपातिकमा कांग्रेस पहिलो पार्टी

काठमाडौं । प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट नजितेको कांग्रेस समानुपातिकमा भने दाङ जिल्लामा पहिलो दल भएको छ। २ लाख २९ हजार ४ सय ५२ समानुपातिक मत खसेकोमा समानुपातिकमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैतर्फ नेपाली कांग्रेस पहिलो बनेको हो ।
समानुपातिकमा दाङमा प्रतिनिधिसभातर्फ ५१ दल र प्रदेशसभातर्फ २७ दलले मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ कांग्रेसले ७३ हजार ९ सय ९३ मत प्राप्त गरेर पहिलो दल बनेको हो । त्यसैगरी दोस्रोमा रहेको नेकपा एमालेले ७३ हजार ११मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४३ हजार १सय ५९ मत प्राप्त गरेको छ ।

राष्ट्रिय जनमोर्चाले ४ हजार ६ सय ९८, विवेकशील साझा पार्टीले पाँचौ स्थानमा रहँदै ४ हजार ५ सय ९२ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले १ हजार ६ सय ७७ मत प्राप्त गरेको छ ।
त्यसै गरेर प्रदेशसभातर्फ नेपाली कांग्रेसले ६९ हजार ६५, नेकपा एमालेले ६५ हजार १सय ६७, माओवादी केन्द्रले ४४ हजार ८ सय १७, राजमोले ४ हजार ६ सय ३५, विवेकशील साझा पार्टीले ३ हजार २ सय ४३ र राप्रपाले १ हजार ९ सय ५१ मत प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०७४ मंसिर २७, १०: २५

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०७४ मंसिर २७, १०: २५

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०७४ मंसिर २७, १०: २५

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...