समानुपातिकमा कांग्रेस पहिलो पार्टी – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

समानुपातिकमा कांग्रेस पहिलो पार्टी

काठमाडौं । प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट नजितेको कांग्रेस समानुपातिकमा भने दाङ जिल्लामा पहिलो दल भएको छ। २ लाख २९ हजार ४ सय ५२ समानुपातिक मत खसेकोमा समानुपातिकमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैतर्फ नेपाली कांग्रेस पहिलो बनेको हो ।
समानुपातिकमा दाङमा प्रतिनिधिसभातर्फ ५१ दल र प्रदेशसभातर्फ २७ दलले मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ कांग्रेसले ७३ हजार ९ सय ९३ मत प्राप्त गरेर पहिलो दल बनेको हो । त्यसैगरी दोस्रोमा रहेको नेकपा एमालेले ७३ हजार ११मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४३ हजार १सय ५९ मत प्राप्त गरेको छ ।

राष्ट्रिय जनमोर्चाले ४ हजार ६ सय ९८, विवेकशील साझा पार्टीले पाँचौ स्थानमा रहँदै ४ हजार ५ सय ९२ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले १ हजार ६ सय ७७ मत प्राप्त गरेको छ ।
त्यसै गरेर प्रदेशसभातर्फ नेपाली कांग्रेसले ६९ हजार ६५, नेकपा एमालेले ६५ हजार १सय ६७, माओवादी केन्द्रले ४४ हजार ८ सय १७, राजमोले ४ हजार ६ सय ३५, विवेकशील साझा पार्टीले ३ हजार २ सय ४३ र राप्रपाले १ हजार ९ सय ५१ मत प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७४ मंसिर २७, १०: २५

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ मंसिर २७, १०: २५

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७४ मंसिर २७, १०: २५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...