काठमाडौं । नेपाली छोटो चलचित्र सर्भाइभल–लिभिङ थ्रु कोभिड ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ ।
अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो ।
यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको थियो । चलचित्रमा कोभिड महामारीमा नेपाली जनताले भोगेका समस्या, बाँच्नका लागि उनीहरुले गरेको सङ्घर्ष र कोभिडलाई जितेको भोगाइ देखाइएको निर्देशक निर्माता किशोर श्रेष्ठले बताए ।
चलचित्रमा संवादको प्रयोग नगरिएको निर्देशक श्रेष्ठले जानकारी दिएका छन।
कोभिडजस्तो महामारीबीच मानव जातिले गरेको सङ्घर्ष र जीवन उत्थानशीलता नै यो चलचित्रको मुख्य सन्देश हो ।
यो चलचित्र पहिल पनि फ्रान्सको प्रसिद्ध ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कृत भइसकेको छ ।(
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाको नवौं अधिवेशनबाट पत्रकार धुर्व ढकाल अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्ष मिकाइल...
सनुर्भी इन्टरनेशनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ । ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले,...
काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् आइतबार अक्षय तृतीया, सनातन धर्मावलम्बीका लागि विशेष दिन हो। तामक्रम बृद्धि भएसँगै जौंको सातु...