समानुपातिकमा कुन दलले कति सिट ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

समानुपातिकमा कुन दलले कति सिट ?

काठमाडौं । समानुपातिकमा निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ ।
दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ ।
राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।
विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन् । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।
जिल्लाबाट अंक र अक्षरमा मत परीणाम मगाएर इन्ट्री गर्ने काम भइरहेको र यसको एक दुई दिनमा सकिने एक कर्मचारीले बताए । इन्ट्री सकिएपछि मात्र आयोगले औपचारिक रुपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउनेछ । एक अधिकारीले, ‘भेरिफाइ गर्दा यो मत कायम रहन पनि सक्छ । केही तलमाथि हुन पनि सक्छ । तर, धेरै फरक नपर्ला ।’

प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।
यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ । माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६र६ सिट पाउनेछन् ।
विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा ९तत्कालीन राप्रपा नेपाल पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो ।
पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहे ।
प्रतिनिधिसभामा ठूला ५ दल, एक सिटे पाँच सांसद
१६५ सदस्यीय प्रतिनिधिसभामा पाँच दल मात्र राष्ट्रिय दल बन्न सफल भएका छन् ।
एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ८० ९दुई स्वतन्त्रसहित० सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १२१ सिटसहित पहिलो दल बन्नेछ ।
प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्नेछ । तर, दुबै पहिलो दल एमाले भन्दा निकै सानो छन् । कांग्रेस र माओवादी मिल्दा पनि एमाले बराबर हुँदैन ।
पहिलो संविधानसभामा ठीक विपरित थियो । एमाले र कांग्रेस मिल्दा पनि माओवादी ठूलो दल थियो ।
प्रतिनिधिसभामा दुई क्षेत्रीय दल आएका छन् । राजपा चौथो दल बनेको छ भने फोरम पाँचौं दल ।
प्रत्यक्षतर्फ ११ सिट जितेको राजपा र १० सिट जितेको फोरमले समानुपातिकमा समान ६र६ सिट पाएका छन् । समग्रमा मधेस केन्द्रीत दुई दलको ३३ सिट हुनेछ ।
राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक एक सिट जितेका छन् । एक स्वतन्त्र सांसद पनि छन् ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन् । तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरुले संसदीय दलको कार्यालय लगायतका सेवा सुविधा भने पाउने छैनन् ।

सम्बन्धित समाचार

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०७४ पुष २, ११: ३२

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०७४ पुष २, ११: ३२

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०७४ पुष २, ११: ३२

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...