भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक


वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ ।

भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्रदान गरिएका ती ट्रकहरूले नेपालको सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भारतीय पक्षले जनाएको छ ।

यसअघि पनि भारत सरकारले नेपाललाई विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । सन् २०२६ मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले करिब ६४० वटा सवारीसाधन; एसयूभी, पिकअप र ट्रक उपलब्ध गराएको थियो ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०८३ जेष्ठ १३, ०७: १३

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०८३ जेष्ठ १३, ०७: १३

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
  • २०८३ जेष्ठ १३, ०७: १३

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...