आयाक्सविरुद्ध नेपोलीको ६ गोल – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

आयाक्सविरुद्ध नेपोलीको ६ गोल

काठमाडौं । इटालियन सिरी ए क्लब नेपोलीले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै च्याम्पियन्स लिगमा आयाक्समाथि ६–१ को फराकिलो विजय हसिल गरेको छ ।

नेदरल्यान्ड्सको क्लब आयाक्सले नवौँ मिनेटमा मोहम्मद कुडुसको गोलबाट अग्रता लिएको थियो । पाहुना टोली नेपोलीका जियाकोमो स्पाडोरीले १८औँ मिनेटमा बराबरी गोल फर्काए ।

३३ औँ मिनेटमा जियोभानी डी लोरेन्जोले गरेको गोलबाट नेपोलीले अग्रता लिन सफल भयो । ४५औँ मिनेटमा पिएट्र जेलिनस्कीले नेपोलीको अग्रता बढाए । ४७ औँ मिनेटमा रास्पाडोरीले गरेको गोलबाट नेपोलीले ४–१ अग्रता लियो ।

६३औँ मिनेटमा खिचा कारात्सखेलियाले पाँचौँ गोल थपे । खेल सकिन ९ मिनेट बाँकी हुँदा जियोभानी सिमोनीले अर्को गोल गरेपछि पोलीले सहज जित दर्ता गरेको हो ।

जितसँगै नेपोली च्याम्पियन्स लिगमा समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपोलीले तीन खेलबाट ९ अंक जोडेको थियो । पराजित आयाक्स ३ अंकका साथ तेस्रो स्थानमा छ ।

जुन दोस्रो स्थानको लिभरपुलभन्दा तीन अंकले पछाडि हो । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलले गएराति रेन्जर्सलाई २–० ले हराएको थियो । रेन्जर्सले अंक जोड्न सकेको छैन ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ आश्विन १९, ०७: ५६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ आश्विन १९, ०७: ५६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ आश्विन १९, ०७: ५६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...