
नयाँ विकल्प,
काठमाडौं – बारामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज बस्ने ५० वर्षीया शेख रुकैदाको मृत्यु भएको हो ।
बाख्रा चराइरहेकी खातुनलाई नेपाल आयल निगम अमलेखगञ्ज डिपो नजिकै रहेको पार्किङमा बिहीबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट घाइते रुकैदालाई सिमरास्थित अलपाइन अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
अल्पाइन अस्पतालमा उपचारकै क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको हो ।
अमलेखगञ्ज क्षेत्रमा जंगली हात्ती बस्ती पस्ने गरेका कारण स्थानीय बसिन्दा त्रसित छन् ।
बस्ती नजिकै निकुञ्जको हात्तीसार भएका कारण जंगली हात्तीले यो क्षेत्र नछोडेको आरोप स्थानीयले लगाएका छन् ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...