आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

सुन्दरहरैँचा । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पाउने आयोजकले बताएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी) ले फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको बताए । प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीलाई समेत देश तथा विदेशमा परिचित गराउन मद्दत पुयाएको छ । उनले भने, “मोफसलबाट सुरू भएर अन्तर्राष्ट्रियस्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेलक्षेत्रलगायत समाजिक र आर्थिक विकासमा समेत टेवा पुयाएको छ ।”

पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण स्वर्णकप फुटबल आयोजक समितिका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन बेलबारी गोल्डकप प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे ।

डाँगीहाट युथ क्लबद्वारा आयोजित बेलबारी स्वर्णकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको खेल संयोजक भाइकुमार गुरूङले बताए । यसपटकको प्रतियोगितामा १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा जनाइएको छ ।

गत वर्षको विजेता टोली सशस्त्र प्रहरी बलसहित रोलिङ एफसी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको पश्चिम बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब एभिनियर फुटबल क्लब क्यामरून, युनाइटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेतले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथमा हुने प्रतियोगितामा रु ५२ लाख खर्च र ६० लाख आम्दानी हुने अनुमान गरिएको बताए ।

बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको प्रचार–प्रचार संयोजक नरेन्द्र बस्नेतले दाबी गरे । यहाँका युवाले खेलक्षेत्रलाई महत्व दिएर लागुपदार्थ दुव्यर्सनबाट टाढा रहनुपर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि विगतदेखि नै प्रतियोगिता सफल हुँदै गएको उनले उल्लेख गरे ।रासस

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ कार्तिक १५, १२: ०८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ कार्तिक १५, १२: ०८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ कार्तिक १५, १२: ०८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...