भारतमा हुने आईसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केलबल टुर्नामेन्ट प्रतियोगितामा नेपालबाट २४ खेलाडी सहभागी हुँदै – Naya Bikalpa
May 16, 2024, Thursday

भारतमा हुने आईसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केलबल टुर्नामेन्ट प्रतियोगितामा नेपालबाट २४ खेलाडी सहभागी हुँदै

काठमाडौं । यही कार्तिक २० गतेदेखि भारतमा हुन गइरहेको ६ दिने आईसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केलबल टुर्नामेन्ट प्रतियोगिताको तेस्रो संस्करणमा नेपालबाट २४ जना खेलाडी सहभागी हुने भएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले नोभेम्बर ६ (कात्तिक २०) देखि नोभेम्बर ११ (कात्तिक २५ गते) सम्म हुने प्रतियोगितामा नेपालबाट खेलाडीसहित ३२ जनाको टोली भारत जाने जानकारी गराएको हो ।

प्रतियोगिता भने संघको नेतृत्वमा आईसिआरसी, प्यारालाम्पिक कमिटि अफ इन्डिया र ह्विलचेयर बास्केटबल फेडेरेशन अफ इन्डियाको संयुक्त आयोजनामा भारतको नयाँ दिल्ली (नोएडा) मा हुन लागेको हो ।

६ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले महिला र पुरुष दुई टिमलाई सहभागी गराउनेछ । सो प्रतियोगितामा पुरुषतर्फ अफगाननिस्तान, बंगलादेश, कम्बोडिया, गाजा, इन्डिया, लिबिया, नेपाल र सिरियागरी आठ देशबाट टिम सहभागी हुनेछन् । त्यसैगरी, महिलातर्फ कम्बोडिया, भारत र नेपालगरि तीन देशबाट तीन वटा टिमको सहभागी हुने संघले जनाएको छ ।

संघकी अध्यक्ष देवी आचार्यले प्रतियोगिताको लागि नेपालबाट ३२ जनाको टोली कार्तिक १९ गते भारततर्फ प्रस्थान गर्ने जानकारी दिएकी छिन् । जसमध्ये १२ जना महिला खेलाडीहरु र १२ जना पुरुष खेलाडी गरि जम्मा २४ जना खेलाडीहरु सहभागी हुने उनको भनाई छ ।

संघकाअनुसार खेलाडीको साथै फिजियोथेरापिष्ट मदन गौतम र महिला कोच असिसटेन्ट सञ्जोक थापालगायत अपांगता भएका व्यक्तिहरु नै भारत जाने छन् ।

प्रतियोगितामा पुरुष टिमको कप्तानीमा रामबहादुर तामाङ्ग र महिला टिमको कप्तानीमा लक्ष्मी घिमिरे रहनेछन् भने कोचको जिम्मेवारी पुरुषतर्फ हिमाल अर्याल र महिलातर्फ देबी आचार्यलाई दिइएको छ । त्यसैगरी, राजेन्द्र खनालले महिला खेलाडीको व्यवस्थापन गर्ने र दिलिप सापकोटाले पुरुषतर्फका खेलाडीहरुको व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छन् ।

संघले खेलकुदका लागि आर्थिक अभाव हुँदाहुँदै पनि गत भदौ २७ गतेदेखि कार्तिकक १६ गतेसम्म खेलाडीहरुलाई प्रशिक्षण तालिम सञ्चालन गरेको अध्यक्ष आचार्यले सुनाईन् ।

 

सम्बन्धित समाचार

अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
  • २०७९ कार्तिक १७, १६: ४३

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ...

पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
  • २०७९ कार्तिक १७, १६: ४३

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले...

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
  • २०७९ कार्तिक १७, १६: ४३

काठमाडौं। नेपालका प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएको छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...