प्रधानमन्त्री कप क्रिकेट : पुलिसको जित – Naya Bikalpa
May 16, 2024, Thursday

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको जित

काठमाडौं । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले दिएको एक सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

पुलिसको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले ३५ रन बनाए भने सुनिल धमलाले ३६ तथा कुशल भुर्तेलले ३२ रन बनाए । त्यस्तै अमित श्रेष्ठले २८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले दुई तथा दुर्गेश गुप्ता र मोहमद हुसेनले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३० रन जोडे भने प्रज्वल थापाले २३ रन बनाए । दुर्गेश थापा र मोहमद हुसेनले समान ११–११ रन जोडे ।

लुम्बिनीलाई एक सय ८८ रनमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए । त्यस्तै सागर ढकाल र करण केसीले समान दुई–दुई विकेट झारे । जितसँगै पुलिस तीन खेलमा छ अङ्क जोड्दै समूह ‘बी’को शीर्षस्थानमा रहेको छ । पराजित लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७९ कार्तिक १७, १६: ५८

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७९ कार्तिक १७, १६: ५८

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७९ कार्तिक १७, १६: ५८

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...